दुई न्यायाधीशसहित वीरगञ्जमा ८८ जनामा कोरोना संक्रमण

वीरगञ्ज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका दुई न्यायाधीशसहित ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९२ जनाको पीसीआर परीक्षण गर्दा दुई जना न्यायाधीशसहित ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उच्च अदालतका अन्य १२ जना कर्मचारीमा समेत संक्रमण देखिएको छ । बुधबार वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा शंकास्पद व्यक्तिहरुको स्वाबको नमुना परीक्षण गरिएको थियो । संक्रमितमध्ये २४ जना महिला छन् ।
पर्साका ७९, बाराका ७ तथा रौतहट र रुकुमका १–१ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

पर्साका ७९ संक्रमितमध्ये ७६ जना वीरगञ्जका र ३ जना बहुदरमाई नगरपालिकाका छन् । ४ देखि ७८ वर्षका संक्रमितको सिटी भ्यालु १४ देखि ३४ रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस