ओलीऔनेपाल मेरियट वार्ता: फुक्ला अब फागुन २८ को गाँठो ?

काठमाडौं । एकअर्काप्रति तीब्र संघर्ष गरिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच एक्ला–एक्लै भेटवार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार लामो संवादहीनता तोड्दै आफैंले अनुशासनको कारबाही गरेका नेता माधवकुमार नेपालसँग छलफलको शुरुवात गरेका छन् ।

मेरियट होटलमा साँझ ५ः४० बाट भएको भेट झण्डै दुई घण्टा चलेको थियो । भेटमा झण्डै डेढ घण्टा ओली एक्लै बोलेका थिए भने नेपालले उनका कुरा सुनिरहे । ओलीको लामो कुरा सुनिसकेपछि नेता नेपालले पार्टीको विवाद समाधान गर्ने ठाउँमा ओली रहेको भन्दै पहल गर्न आग्रह गरे । दुवै पक्षले आ–आफ्नो अडानका कुरा राखे पनि छलफल सकारात्मक दिशामा अघि बढेको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ बताउँछन् । भेटपछि ओली–नेपाल दुवैले आफू पक्षीय नेताहरुलाई भेटवार्ताबारे ब्रिफिङ गरेका थिए ।

प्रधानमन्त्री ओलीले चैत २ गते खनाल–नेपाल पक्षसँग समूहगत छलफल गरेका थिए , तर, त्यो छलफल फलदायी हुन नसकेको र तिक्तता मात्रै बढेको प्रधानमन्त्री र असन्तुष्ट पक्षको बुझाइ छ । त्यसैले उनले नेपालसँग मात्रै होइन, कसैसँग पनि समूहगत कुराकानी नगर्ने अडान लिएका छन् ।

बुधबार प्रधानमन्त्रीले नेता नेपाललाई फोन गरेर ‘भेटेर कुरा गरौं’ भनेका थिए । नेता नेपालले पूर्ववत अडान दोहो-याउँदै ‘बालुवाटारमा नभेट्ने’ बताएपछि नक्सालमा रहेको मेरियट होटलमा भेटवार्ता तय भएको ओली पक्षका नेताले जानकारी दिएका छन् ।

फुक्ला फागुन २८ गाँठो ?
फागुन २८ र त्यसपछिका निर्णयका श्रृङ्खला (स्पष्टीकरणपत्र सम्म) बदर गर्न माग गर्दै खनाल–नेपाल समूह अदालत पुगिसकेको छ । तर, सर्वोच्चका कर्मचारीले समय अभाव भएको बताएपछि बुधबार रिट निवेदन दर्ता भएन । बिहीबार दर्ता हुने सम्भावना रहेको खनाल–नेपाल पक्षले जनाएको छ । ओली–नेपालको हिजोको छलफलले फागुन २८ को गाँठो फुकाउन नसकेको ओली पक्ष बताउँछ ।

‘दुवै आ–आफ्नै अडानमा दृढ हुनुहुन्छ । प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटी बैठक बसेर निर्णय गरेकाले बदर गर्न नसक्ने बताउँदै आउनु भएको छ । माधवकुमार नेपालले पनि फागुन २८ को निर्णय मान्न नसकिने अडान राखिरहनु भएको छ । संवाद यहींबाट अघि बढ्न सकेको छैन’, ओली निकट स्रोत भन्छ ।

खनाल–नेपाल समूहले अदालतले पूर्ववत् अवस्थामा फर्काई दिएकाले जेठ २ कै अवस्थामा निःशर्त फर्कनुपर्ने र जे निर्णय गर्ने हो, त्यही कमिटीले गर्नुपर्ने अडानमा छन् । तर, ओली निकै अघि बढिसकेको सहजै मिल्ने छाँटकाँट नदेखिएको नेताहरूको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बदली र वर्षा कायमै, थाहा पाउनुहोस् तीन दिनको पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु …

प्रतिकृया दिनुहॊस