गठ्ठाघरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको गयो ज्यान

भक्तपुर । भक्तपुरको गठ्ठाघरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य एक जना घाइते भएका छन् ।

बुधवार राति सवा ९ बजे बा ३ ख ४४६५ नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको रा २ प ४४३७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलको पछाडि बस्ने कैलालीको धनगढीका ४३ वर्षीय पद्मराज पाठकको ज्यान गएको हो । पाठकको उपचारका क्रममा बुधवार राति मध्यपुर अस्पताल थिमिमा ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक दाङका २५ वर्षीय उमेश चौधरी घाइते भएका र उनको बाँसबारीमा रहेको न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंमा ९२२ महिलाको क्यान्सर परीक्षण गर्दा २६ जनामा पोजेटिभ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका ४ वटा वडा (३१, २५, २७ र ३), महिला जनप्रतिनिधि र …

प्रतिकृया दिनुहॊस