मेगा बैंकले भोटेबहाल वजारका उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गर्ने

काठमाडौं । मेगा बैंक नेपालले विपन्न बर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीहरूलाई ब्यवसाय प्रबद्र्धन गर्ने उद्देश्यले भोटेबहाल तयारी पोशाक उत्पादन तथा विक्रेता संघसँग सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत रवीना देशराज श्रेष्ठ र भोटेबहाल तयारी पोशाक उत्पादन तथा बिक्रेता संघका तर्फबाट वरिष्ठ उपाध्यक्ष शान्तामणि रेग्मीले हस्ताक्षर गरेका छन् ।

मेगा बैंकले भोटेबहाल तयारी पोशाक उत्पादन तथा विक्रेता संघसँग आबद्ध उद्यमीहरूलाई आफ्नो ब्यवसाय विस्तार गर्नको लागि साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ ।

साथै, बैंकले उद्यमीहरुलाई बैंकको सम्पूर्ण सुविधाहरुका साथै क्युआर कोड पनि वितरण गर्नेछ, जसबाट बैंकिङ्ग कारोवार गर्न सहज र सरल हुने बैंकको विश्वास रहेको छ ।

सम्झाैताकाे क्रममा मेगा बैंककी नायव प्रमुख कार्यकारी अधिकृत रवीना देशराज श्रेष्ठले भोटेबहाल बजारका उद्यमीहरुलाई बैंकको नजिकैको शाखा कार्यालयहरुमार्फत छिटो छरितो ढंगले सहुलियतपूर्ण कर्जा प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

ग्लोबल मनि विकको सन्दर्भमा विद्यार्थीसंग कृषि विकास बैंक

काठमाडौं । ग्लोबल मनि विकको अवसर पारेर कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थी संग …

प्रतिकृया दिनुहॊस