संसद अधिवेशन अन्त्य

काठमाडौं । संसद बैठक तय भइसकेको अवस्थामा प्रतिनिधिसभाको अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपराह्न १ बजेदेखि संसद अधिवेशन अन्त्य गरेकी हुन् ।

त्यसअघि मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो । गत फागुन ११ गते पुनःस्थापित प्रतिनिधि सभाको अधिवेशन फागुन २३ गते शुरु भएको थियो । तर यसबीचमा विधेयक पासलगायत कुनै काम संसदले गर्न नसकेपछि सरकारले अधिवेश नै अन्त्य गरेको हो ।

आगामी जेठ १५ गते बजेट ल्याउनुपर्ने र त्यसअघि सरकारको नीति तथा कार्यक्रम पेस हुने भएकाले बर्खे अधिवेशन चाँडै आह्वान हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटनको निर्णय गरे पनि त्यसविरुद्ध मुद्दा परेपछि सर्वाेच्च अदालतले संसद् पुनः स्थापनाको फैसला गरेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दुर्गा प्रसाईंबारे छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति

काठमाडौं । गृह मन्त्रालयले व्यवसायी दुर्गा प्रसाईंको हतियारबारे छानबिन गर्न समिति बनाएको छ । गृह …

प्रतिकृया दिनुहॊस