फाइल फोटो

संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सिफारिश गरे बमोजिम विद्यालयहरु बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।

त्यस्तै सरकारले रात्रिकालीन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिम, रंगशाला लगायत भिडभाड हुने क्षेत्रहरु समेत बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ ।

त्यस्तै सरकारले जिल्लास्थित डिसीसीएमसीको सिफारिस बमोजिम विद्यालयहरु बन्द हुने निर्णय गरेको छ भने वैकल्पिक माध्यमबाट पठनपाठन र परीक्षा भने संचालन हुने छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस