फाइल फोटो

संसद्‌को हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौँ । सरकारले संसदको हिउदे अधिवेशन अन्त्य गर्ने सिफारिश गरेको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले संसदको हिउदे अधिवेशन अन्त्यको सिफारिश गरेको हो ।

प्रतिनिधि सभाको बैठक मंगलबारका लागि बोलाइएको थियो । पुस ५ गते विघटित प्रतिनिधि सभा फागुन ११ गतेको सर्वोच्च अदालतको फैसलापछि पुन:स्थापित हुदै फागुन २३ गतेबाट शुरु भएको थियो ।

सरकारको सिफारिशमा राष्ट्रपतिले संसदको अधिवेशन अन्त्य गर्ने र बोलाउने संबैधानिक व्यवस्था रहेको छ । अब बैशाख भित्रनै संसदको बजेट अधिवेशन बोलाउनुपर्ने भएकाले सरकारले हिउदे अधिवेशनको अन्त्यको सिफारिश गरेको बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस