हिमाल सफाइ अभियानमा कोका-कोलाले नेपाली सेनासँग हातेमालो गर्दै

काठमाडौं । कोका–कोलाको दीर्घकालीन साझेदार कोका–कोला र हिमालयन क्लाइमेट इनिसिएटिभ (एचसीआई) ले हिमाल सफाई अभियान २०२१ को लागि नेपाली सेनासँग हातेमालो गरेका छन् । हिमालय क्षेत्रलाई सफा राख्न सुरु गरिएको यो राष्ट्रिय सफाई कार्यक्रमको दोस्रो संस्करण हो ।

यो मल्टि स्टेक होल्डर कार्यक्रमले हिमालहरुलाई बचाउने, जलवायु परिवर्तनको प्रभावलाई कम गर्ने र ६ वटा हिमाल सगरमाथा, लोट्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लमलाई सफा गर्ने उद्येश्य राखिएको छ ।

हिमाल सफाईअभियान २०७८ का मिडिया कोअर्डिनेटर लेफ्टिनेन्ट कर्नेल दिपक भण्डारीले कोका–कोलाको प्रणालीले नेपाली सेना र गौरवशाली हिमालहरु सफा गर्न गरेको प्रयासलाई समर्थन गरिरहेको बताए । “हाम्रो लक्ष्य हिमालको महिमा बहाल गर्न चुचुरोबाट सकेसम्म धेरै फोहोर उठाउनु हो । हामी समुदाय र साझेदारहरुसँग हिमाल सफा राख्नको लागि जागरुकता बढाउन संलग्न छौं” उनले भने ।

विसं २०७६ सालमा नेपाली सेनाको नेतृत्वमा कोका–कोला र धेरै सरोकारवालाहरुले सफलतापूर्वक पहिलो पटक “सगरमाथा हिमाल सफाई अभियान अभियान सञ्चालन गरेका थिए । यस अभियानको माध्यमबाट सगरमाथाबाट ४८९२ किलो फोहोर र सगरमाथा बेस क्याम्पबाट ५६९४ किलोको फोहोर संकलन गरिएको थियो ।

बोतलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदिप पाण्डे हिमालय क्षेत्रको चुचुरो सफा गर्ने यस जरुरी कामका लागि समान विचारधाराका साझेदारहरुलाई एकजुट गराउने नेपाली सेनाको प्रयासको प्रशंसा गरेको बताए । “अनुकरणीय संयुक्त प्रयासको हिस्सा हुन पाएकोमा हामी सम्मानित छौं । नेपालको गौरवलाई कायम राख्न सफाई अभियानको नेतृत्व लिने टोली लिडर र सदस्यहरुलाई अग्रिमशुभ कामना” उनले भने ।

यस कार्यक्रमले विभिन्न सरकारी, गैर–नाफामुलकसंस्था र निजी क्षेत्रका कम्पनीहरुको लागि वातावरणको संरक्षणमा काम गर्ने र नेपालको प्राकृतिक गौरव र सौन्दर्य संरक्षणमा साँझा चाँसो राख्ने प्लेटफर्म स्थापना गरेको कम्पनीले जनाएको छ ।

नेपालका कोका–कोला कम्पनीका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले ग्लोबल वल्र्ड विथआउट वेस्ट लक्ष्य अनुसार सन् २०३० सम्ममा कम्पनीले बेचेको हरेक बोतल रिसाइकल गर्नु रहेको बताए । “हामी फराकिलो सम्बोधनमा आफ्नोे भूमिका खेल्न प्रतिबद्ध छौं । प्लास्टिक फोहोर चुनौती र हिमाली सफाई अभियानमार्फत हामी नेपाललाई स्वच्छ राख्नेछौं भन्ने आशा राख्दछा” उनले भने ।

सन् २०१८ मा कोका–कोलाले २०३० सम्ममा उत्पादन गर्ने सबै बोतलर क्यानहरुको बराबरी र रिसाइकल गर्ने उद्येश्यले विश्वव्यापी रुपमा वल्र्ड विथआउट वेष्टको घोषणा गरेको थियो । ग्लोबल भिजनको समर्थनमा नेपालमा कोका–कोलाले धेरै रिसाइक्लिंग इनिसिएटिभहरु पहल गरिसकेको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कीर्तिमान बनाएको सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (मंगलबार) घटेको छ । सोमबार …

प्रतिकृया दिनुहॊस