रु रु जलविद्युतको सेयर रजिष्ट्रारमा एनआईबीएल एस क्यापिटल नियुक्त

काठमाडौं । रु रु जलविद्युत परियोजनाले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई आफनो सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

रु रु जलविद्युत परियोजना र क्यापिटलबीच सेयर रजिष्ट्रार नियुक्ति गर्ने सम्बन्धी सम्झौता भएको हो । यो सम्झौता गरेकै दिन वैशाख ५ गतेबाट लागू भएको पनि जनाइएको छ ।

रु रु जलविद्युत परियोजनाकातर्फबाट कम्पनीका अध्यक्ष आशिष सुवेदी तथा एनआईबीएल एस क्यापिटल लिमिटेडकातर्फबाट नायव प्रमुखकार्यकारी अधिकृत मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (बिहीबार) घटेको छ । बुधबार …

प्रतिकृया दिनुहॊस