कांग्रेस बैठकः महाधिवेशनदेखि सरकार ढाल्नेसम्मका एजेन्डा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ । १४ औं महाधिवेशनमा केन्द्रित हुने बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो ४ बजे बस्न लागेको हो ।

यसअघि चैत २७ गतेका लागि डाकिएको बैठक तीन पटक स्थगित भइसकेको छ । यसअघि आइतबारका लागि बोलाइएको बैठक अन्तिम समयमा आजका लागि सारिएको थियो । बैठकमा विशेषतः आगामी महाधिवेशन र प्रदेश सरकार ढाल्ने विषयमा छलफल हुने बुझिएको छ ।

केन्द्रीय समितिमा लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको सरकार ढाल्ने विषयमा पनि छलफल हुनेछ । यसअघि कांग्रेसले कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सत्ता जोगाउन सहयोग गरेको थियो ।

पार्टी संस्थापन पक्षले कार्यतालिका हेरफेर गर्न चाहे पनि अर्को पक्षले पुरानै कार्यतालिकाअनुसार महाधिवेशनका कार्यक्रम अघि बढाउनुपर्ने अडान लिँदै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । गत बुधबार ग्वार्कोस्थित …

प्रतिकृया दिनुहॊस