कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, यी हुन् एजेण्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। बैठक आइतबार दिउँसो २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठक गत चैत ३० मा बस्ने भनिए पनि स्थगित भएको थियो । बैठकमा पार्टीको आगामी १४औं महाधिवेशनको तयारीलगायत विभिन्न समसामयिक विषयमा छलफल हुने बताइएको छ । कांग्रेसले भदौ ७ का लागि महाधिवेशनको मिति तोकेको छ ।

महाधिवेशनका लागि क्रियाशील सदस्यताको विवरण गत चैत ३० सम्म केन्द्रीय सर्भरमा इन्ट्री गर्ने समयसीमा तोकेको थियो। तर‚ कतिपय जिल्लाबाट क्रियाशील सदस्यताको टुंगो नलागेको र कतिपय जिल्लाले टुंगो लागेको सदस्यता विवरण पनि सफ्टवेयरमा नराखेको भन्दै छुटेका जिल्लालाई महाधिवेशनमा कसरी समेट्ने भन्ने विषयमा पनि आज निर्णय गर्ने तयारी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस