चेन्नईले पञ्जाबलाई ६ विकेटले हरायो

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले पहिलो जित दर्ता गरेको छ । चेन्नईले पञ्जाब किङ्ग्सलाई ६ विकेटले हराएको हो ।

मुम्बईमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाउँदै १०६ रन बनाएको थियो । १०७ रनको लक्ष्य पाएको चेन्नई सुपर किङ्ग्सले ४ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

चेन्नई सुपर किङ्ग्सका लागि मोइन अलिले सबैभन्दा धेरै ४६ रन बनाए । यस्तै फाप डु प्लेसिसले ३६ रन जोडे । चेन्नई पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग ७ विकेटले पराजित भएको थियो । यस्तै पहिलो खेलमा पञ्जाबले राजस्थान रोयल्सलाई ४ रनले पराजित गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल सुपर लिग: काठमाडौँ र धनगढी फाइनलका लागि भिड्दै

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)को फाइनल प्रवेशका लागि आज काठमाडौँ रेजर्स र धनगढी एफसी …

प्रतिकृया दिनुहॊस