आइपिएल क्रिकेट : पहिलो खेलमै साविक विजेता मुम्बई पराजित

काठमाडाैँ । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको पहिलो खेलमै साविक विजेता मुम्बई इण्डियन्स पराजित भएको छ । चेन्नईमा भएको उद्घाटन खेलमा मुम्बई बेङ्गलोरसँग पराजित भएको हो ।

चेन्नईको चिदम्बरम रंगशालामा भएको खेलमा साविक विजेता मुम्बईलाई बेङ्गलोरले २ विकेटले पराजित गर्यो । यससँगै १४औँ संस्करणको आइपिएलमा बेङ्गलोरले विजयी सुरुवात गरेको छ ।

उद्घाटन खेलमा टस हारेर ब्याटिङ गर्न आएको मुम्बईले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ७.९५ को औषतमा १५९ रन बनायो । उसका लागि क्रिस लिनले सर्वाधिक ४९ रन बनाए ।

लिनले ३५ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गरे । यस्तै, शूर्यकुमार यादवले ३१, इशान किशनले २८, कप्तान रोहित शर्माले १९ तथा हार्दिक पाण्डेयाले १३ रन बनाए । बेङ्गलोरका लागि हर्षल पटेल एक्लैले ५ विकेट लिए ।

१६० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको बेङ्गलोरले आठ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । उसका लागि एबिडी भिलियर्सले सर्वाधिक ४८ रनको योगदान गरे ।

यस्तै, ग्लेन म्याक्सवेलले ३९, कप्तान विराट कोहलीले ३३ तथा वासिङ्टन सुन्दरले १० रन बनाए । मुम्बईका जसप्रित बुम्राह र मार्को जानसेनले २-२ विकेट हात पारे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस