सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड

काठमाडौं । सिंगटी हाइड्रोपावरले निष्काशन गरेको आईपीओको बाँडफाँड आज शुक्रबार गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडको काठमाण्डौ त्रिपुरेश्वरस्थित कार्यालयमा बिहान ११ बजे सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड गरिएको हो।

कम्पनीले गत चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरको २९ लाख कित्ता आईपीओ बिक्री गरेको थियो ।

जसममध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि बाँडफाँड गरी बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।

चैत १० गतेसम्म निष्काशन भएको उक्त आईपीओमा १५ लाख २३ हजार ४५० जना आवेदकले २ करोड ४७ लाख २० हजार ४५० कित्ता सेयर खरिदको लागि आवेदन दिएका थिए । जुन सर्वसाधारणमा बिक्री गरेको तुलनामा ९.१७ गुणा बढी हो ।

यससँगै कम्पनीले माग गरेको भन्दा बढी आवेदन परेकोले उक्त सेयर न्यूनतम १० कित्ताका दरले हात  पारेका छन्। जस अनुसार २ लाख ६९ हजार ७०० जनाले मात्रै कम्पनीको १० कित्ताको दरले सेयर पाएका छन्।

आईपीओको रिजल्ट सीडीएससीको weballoteelist_Singati -For CDS Website Singati

बाट हेर्न सकिनेछ।

 

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिष्थितिमा पनि उत्साहजनक सहभागिता

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा भएको छ । एक्स्पो आयोजक …

प्रतिकृया दिनुहॊस