निरन्तर “एसपीओटू”मोनिटरिङ सहित ओपो ब्याण्ड स्टाइल, नेपालमा उपलब्ध

काठमाडौं । मार्च २३का दिन काठमाडौंको न्यूरोडमा आयोजितआधिकारिक फस्र्ट सेल कार्यक्रममार्फत ओपो एफ१९ प्रोका साथै कम्पनीले ओपो ब्याण्ड स्टाइलको पनिविक्रिआरम्भ गरेको थियो । ओपो वाट्च सिरिज अन्तर्गत ओपोको वेयरेबल स्मार्ट डिभाइस लाइनमातहत यो नयाँउत्पादन हो ।

नयाँओपो ब्याण्ड स्टाइलमा सुतिरहेका बखत हरेक सेकेण्ड रगतमाअक्सिजन स्याचुरेशन (एसपीओटू) अनुगमनगरिरहने कन्टिन्यूओस् ब्लड अक्सिजनमोनिटरिङ फञ्शनपनिदिइएको छ । ओपो ब्याण्डले सक्रियगतिशीलजीवनकालागिआवश्यक १२ वर्कआउट मोड्सका साथै अन्य कन्भिनियन्ट फञ्शन्सपनिउपलब्ध गराउँछ । डिजाइनको कुरा गर्दा ब्याण्डमा १.१(ईञ्च फुल(कलर एमोलेड स्क्रिन जडान गरिएको छ । प्रयोगकर्ताले आफ्नो चाहनाअनुसार ब्याण्डको छनोट तथाप्रयोग गर्न सकुन् भन्ने सोचका साथयसमा बेसिक स्पोर्ट भर्जन र स्टाइल भर्जनमा गरी दूई आकर्षक स्ट्रयाप डिजाइन उपलब्धगरिएको छ ।

निरन्तर एसपीओटू मोनिटरिङ

आजभोलीअधवैशे तथा बृद्धाहरुमा निन्द्राको समस्याकुनै नौलो कुरा रहेन ।  यूवावर्ग माझपनितनावतथाब्यस्तकार्यतालिकालगायत कारणले गर्दा निन्द्रा सम्बन्धि समस्याहरु बढ्दै गइरहेको पाइन्छ ।ओपो ब्याण्ड हेल्थमोनिटरिङ फञ्शनले निन्द्रा सम्बन्धि समस्यापहिचानगर्ने कार्यमा सहयोग पु¥याउँछ । ब्याण्डले एक्यूरेट स्लिप मोनिटरिङ, हर्ट रेट मोनिटरिङ र कन्टिन्यूओस एसपीओटू मोनिटरिङ जस्ता फञ्शन सपोर्ट मार्फत प्रयोगकर्ताका समग्र निन्द्रा स्वास्थ्य रेकर्ड गर्नुका साथै विश्लेषण प्रदान गर्छ ।

यसमादिइएको अप्टिकल ब्लड अक्सिजन सेन्सरका कारण ब्याण्डले निरन्तर एसपीओटू मोनिटरिङ गर्ने क्षमता राख्छ । यसको माध्यमबाट ओपो ब्याण्डले प्रयोगकर्ता सुतिरहेको अवस्थामापनिनिरन्तररुपमा ब्लड अक्सिजन स्याचुरेशन पर सेकेण्ड मोनिटर गर्छ । यसले ८ घण्टाको स्लिप साइकलका दौरानलगातार २८ हजार ८ सय पटक पूर्णतयाःप्रयोगकर्ताको बडी अक्सिजन स्चाचुरेशनमापनगर्दै एसपीओटू मोनिटरिङ गर्छ । यसमा रहेको कन्टिन्यूओस् एसपीओटू मोनिटर र प्रोफेशनल स्लिप मोनिटर मार्फत प्रयोगकर्तालाई स्वस्थ स्लिप ह्याबिट्सको विकास गर्न सहयोग मिल्छ ।
ओपो ब्याण्डमा हर्ट रेट मोनिटरको पनिब्यवस्गागरिएको छ । यसमा रहेको अप्टिकल हर्ट रेट सेन्सरले २४सै घण्टा प्रयोगकर्ताको हर्टरेट मोनिटर गर्छ । धड्कन बढी हुँदाअनियमितताको जानकारी प्रयोगकर्तालाई दिन स्मार्ट ब्याण्ड स्वचालितरुपमाभाइब्रेट हुन्छ । ब्यायामका दौरानओपो ब्याण्डले धड्कन मापनगर्नेहुँदाप्रयोगकर्ताले अत्यधिक ट्रेनिङ गर्नुबाट जोग्गिदै आफूले गर्नुपर्ने मेहनतकाबारेमाबुझ्दै सहजै आफ्नो लक्ष्यप्राप्तगर्न सक्छन् ।

सक्रियजीवनकालागि१२ वर्कआउट मोड

निन्द्रा सम्बन्धित स्वास्थ्य समस्याका साथै यूवाहरु ब्यायामकाबारेमापनिउत्तिकै चिन्तितहुने गर्छन् । यसको समाधानउपलब्ध गराउनओपो ब्याण्डमा रनिङ, वाकिङ, साइक्लिङ, स्विमिङ, ब्याडमिन्टन, क्रिकेट, योगालगायतयूवावर्ग माझलोकप्रिय खेल सम्बन्धित १२ वर्कआउट मोड सम्मिलितगरिएको छ ।ओपो ब्याण्डले प्रयोगकर्ताका एक्सरसाइजिङ डाटा रेकर्ड गर्ने हुँदाप्रयोगकर्ताले हेट्याप हेल्थएपमार्फत आफ्नो प्रगतीनियाल्दै सक्रियजीवनकालागिथप प्रेरित हुने अवसर पाउँछन् ।

हरेक पहिरणमा सुहाउँदो डिजाइन

आफ्ना ब्यक्तिगत पृथक स्टाइल प्रदर्शित गर्ने यूवा पुस्ताकाचाहनाअनुसार ओपो ब्याण्डमा कम्पनीले वाट्च फेस र स्ट्र्यापमा बृहत्त छनोटको अवसर प्रदान गरेको छ । ओपो ब्याण्डको स्ट्याप बेसिक स्पोर्ट भर्जन र स्टाइल भर्जन गरी दूई स्टाइलमा उपलब्धगरिएको छ । त्यसैगरी, वाट्च फेसको कुरा गर्दा प्रयोगकर्ताले आफ्नो आवश्यकता र चाहनाअनुसार छनोट गर्न सकुन् भन्ने सोचका साथओपो ब्याण्डले ४० भिन्न डिजाइन उपलब्ध गराउँछ ।

दिर्घकालिन सुविधा

ओपो ब्याण्डले स्मार्टफोनको विस्तारित अंगका रुपमा समेत कामगर्ने क्षमता राख्छ । प्रयोगकर्ताले ब्याण्ड मार्फतै सन्देश, कल नोटिफिकेशनप्राप्तगर्ने, म्यूजिकप्लेब्याक नियन्त्रण तथाआफ्नो फोन खोज्ने कार्य समेत गर्न सक्छन् ।
ब्याट्रीको कुरागर्दा ओपो ब्याण्डमा उच्चकार्य क्षमताको लो पावर्ड प्रोशेसरको प्रयोग गरिएको छ । १००एमएएच ब्याट्री जडित यो ब्याण्ड जम्मा १.५ घण्टाको समयमा पूर्णरुपमाचार्ज हुन्छ ।

आकर्षक डिजाइन र उच्चकोटीको फिटनेश क्षमता सहितको यो ब्याण्डको नेपालीबजारमामूल्य रु. ५ हजार ५ सय ९९ निर्धारण गरिएको छ ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कीर्तिमानी मूल्यमा सुन, कति पुग्यो आज ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बुधबार प्रतितोला …

प्रतिकृया दिनुहॊस