सनराइज बैंकको सहयोगमा विरगंजमा निःशुुल्क आँखा शिविर

विरगंज । सनराइज बैंक विरगंज शाखाको सहयोगमा विरगंजमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

लायन्स क्लब विरगंजद्वारा सनराइज बैंक र केडिया आई अस्पतालको सहयोगमा विरगंज परसौनिमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको हो ।

सो शिविरका लागि बैंकले लायन्स क्लब विरगंजलाई १ लाख ८० हजार आर्थिक सहयोग गरेको छ ।

शिविरमा २ सय ५० जनाको आँखा परिक्षण गरेकोमा १०० जनाको आँखामा समस्या देखिएको थियो ।

उक्त शिविरमा अस्पतालको ७ जना टोलीले सेवा प्रदान गरेका थिए । समस्या देखिएका १०० जनाको समेत निशुल्क उपचार हुने बैंकले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एनएमबी बैंकको एघारौँ ‘हेरिटेज वाक’, सोसाइटीलाई ५ लाख सहयोग

काठमाडौँ । एनएमबी बैंकले एघारौँ ‘हेरिटेज वाक’ कार्यक्रम सम्पन्न गरेको छ। बुधवार बैंकको बल्खु शाखाबाट …

प्रतिकृया दिनुहॊस