पुर्खाहरुको सम्झनामा कविता

काठमाडौँ । पहिलो र दोश्रो विश्वयुद्ध तथा अन्य क्षेत्रीय युद्धहरु लडेका पुर्खाहरुकाे स्मृतिमा पुर्खा दिवसलाई अवसर पारेर ‘गाेर्खा सिमेट्रिज ट्रष्ट नेपाल’काे आयाेजनामा सोमबार स्मृतिसभा सम्पन्न भएको छ ।

कोटेश्वरस्थित किरात राई यायोक्खाको प्रधान कार्यालमया सम्पन्न स्मृतिसभासँगै गोर्खा परिवारका विभिन्न व्यक्तित्वहरुलाई संस्थाको तर्फबाट सम्मान गरिएको थियो ।

स्मृतिसभामा ग्राण्ड एकेडेमीका विद्यार्थीहरुले पुर्खाको सम्झनामा अर्केष्ट्रा प्रस्तुत गरेका थिए । अन्य सांगीतिक प्रस्तुतिसमेत राखिएको कार्यक्रममा सिनेकर्मी एवम् ट्रष्टका सल्लाहकार नवीन सुब्बालगायत विभिन्न व्यक्तित्वहरुले पुर्खाको स्मरण गर्दै मन्तव्य दिएका थिए ।
‘गाेर्खा सिमेट्रिज ट्रष्ट नेपाल’का अध्यक्ष महेन्द्र राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा कवितावाचन सत्र पनि राखिएको थियो । कवि श्रवण मुकारुङको संयोजकत्वमा सम्पन्न कवितावाचन सत्रमा कविहरू स्वप्निल स्मृति, लक्ष्मी रूम्बा, रावत, मातृका पोखरेल, मदन राई ‘लामखुले,’ बच्चु हिमांशु, चन्द्र रानाहँछा, निर्भिकजंग रायमाझी, बलराम तिमल्सिना, बिमला तुम्खेवा, सोझो गाउँले, नवीन प्यासी, रामगोपाल आशुतोष, राजु स्याङ्तान र महेन्द्र थुलुङ राईले कवितावाचन गरेका थिए ।

सन् २०१८ मा स्थापित ‘गोर्खा सिमेट्रिज ट्रष्ट नेपाल’ले हरेक वर्ष अप्रिल ५ तारिखका दिन पुर्खा दिवस मनाउँदै आएको छ ।

विश्वशान्ति स्थापनार्थ प्रथम, दोश्रो विश्वयुद्ध तथा अन्य क्षेत्रीय युद्धहरु लड्ने क्रममा मृत्युवरण गरेका लाखौँ गोर्खाली सेनाहरुको सम्झनामा पुर्खा दिवस मनाउन थालिएको हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कविता : बादल लागेपछि

(२०७८ सालमा पार्टी फुटकाे प्रभाव)

प्रतिकृया दिनुहॊस