नेपालमा उकालाे लाग्दै काेराेना संक्रमित

काठमाडौं । कोरोना महामारीको दोस्रो लहर भयावह बन्दै गएकाे छ । भारतबाट स्वदेश फर्किने नेपालीको संख्या बढ्दा संक्रमणको जोखिम उच्च भएको हाे। खुला सीमाका कारण निर्बाध आवतजावत भइरहँदा कोरोना संक्रमितको संख्या उकालाे लाग्दै छ ।

भारतबाट रोजगारी गरेर फर्किएका व्यक्तिमा दैनिक कोरोना संक्रमण पुष्टि भएकाे छ। कञ्चनपुरको त्रिनगर हेल्थ डेस्कमा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा ३६ जनामा कोरोना पाइएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर सोमबार २ सय ६६ जना संक्रमित थपिएका छन्। यीमध्ये धरैजसाे काठमाडौं उपत्यकाका छन्। काठमाडौंमा ९८, ललितपुरमा २६ र भक्तपुरमा १३ जना संक्रमित थपिएका हुन्। उपत्यकामा संक्रमितको संख्या वृद्धिसँगै कडाइ गरिएको छ। उपत्यका प्रवेश गर्ने व्यक्तिले अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

राति साढे ३ बजे बेहुली घरका लागि छुटेको बस सडक भासिएर भीरमा खसेको थियो

काठमाडौं । सिन्धुपाल्चोकमा भएकाे बस दुर्घटनामा परी मृत्यु भएका तीन जनाकाे पहिचान खुलेकाे छ । …

प्रतिकृया दिनुहॊस