फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १२० पुग्यो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि वृद्धि गरेको छ । शनिबार एक सूचना जारी गर्दै निगमले पेट्रोलको नयाँ खुद्रा मूल्य १२० रुपैयाँ कायम भएको जनाएको हो ।

साथै डिजेल मट्टीतेलमा पनि दुई/दुई रुपैयाँका दरले बढाइएको सूचनामा उल्लेख छ । त्यस्तै एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत् रहेको जनाइएको छ । नयाँ समायोजनपछि पनि निगमलाई पेट्रोलमा अझै ७ रुपैयाँ ३९ पैसा घाटा छ ।

निगम घाटामा गएको भन्दै सरकारले पछिल्लो निकै पटक इन्धनको मूल्य बढाउँदै आएको छ । बढेको मूल्य चैत २२ आइतबार १२ बजेदेखि लागू हुने जनाइएको छ । बढाइएको मूल्य गएराती १२ बजेदेखि लागू भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कीर्तिमानी मूल्यमा सुन, कति पुग्यो आज ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बुधबार प्रतितोला …

प्रतिकृया दिनुहॊस