बर्दियामा बाघको आक्रमणबाट गैंडा गणकको मृत्यु

बर्दिया । बर्दियामा बाघको आक्रमणमा परेर एक जना गैंडा गणकको ज्यान गएको छ । आइतबार बेलुका पौने ६ बजेतिर बर्दियाको ठाकुरबाबा नगरपालिका-९ गैंडामचानस्थित बर्दिया राष्ट्रिय निकुञ्जभित्र रहेका गैंगा गणनाका लागि गएका एक कर्मचारीको बाघको आक्रमणमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार निकुञ्जमा कार्यरत ३५ वर्षका पुलीसराम थारुको बाघको आक्रमणमा परेर मृत्यु भएको हो । पुलीसराम हात्तीलाई घाँस लिन झरेको बेलामा बाघको आक्रमणमा परेको प्रहरीले जनाएको छ । बाघले झम्टिएर उनलाई करिब २ सय मिटर टाढा लगेको थियो । उनी विगत ९ वर्षदेखि हात्तीसारमा कार्यरत थिए । आफूसँगै गएका पुलीसरामलाई बाघले झम्टिएपछि असिम चौधरीले निकुञ्जमा जानकारी गराएका थिए ।

पुलिसराम झण्डै एक दशकदेखि हात्तीसारमा कार्यरत थिए । उनलाई आक्रमण गरेको आशंकामा निकुञ्जका अधिकारीहरुले एउटा वयस्क बाघलाई डार्ट गरी नियन्त्रणमा लिएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेसँगै मानिसहरुलाई आक्रमण गर्ने घटना पनि बढेको छ । नरभक्षी बाघलाई नियन्त्रणमा लिएर खोरमा थुन्ने कामलाई पनि निकुञ्जले जारी राखेको छ । यसअघि मानिसलाई आक्रमण गर्ने एउटा बाघलाई निकुञ्जले नियन्त्रणमा लिए पनि सो बाघ खोरबाट भागेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बदली र वर्षा कायमै, थाहा पाउनुहोस् तीन दिनको पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु …

प्रतिकृया दिनुहॊस