आर्टमान्डुको प्रोडक्सनमा कर्णेश राजथलाको म्युजिक भिडियो “वसन्त/शिशिर” सार्बजनिक 

काठमाडौं । वसन्त/शिशिर प्रेमकथा हो । एक दुर्गम पहाडको नर्स र परिस्थिती बस बनेको एक बिद्रोही बिचको सम्बन्धको कथा  र त्यो सम्बन्ध वसन्त र शिशिरसँगै फरक बनिदिन्छन् ।
फेरि ती मौसम मात्र हैनन् । ती उनीहरुमाझको अनुभुति पनि हो । भोगाई पनि  र प्रेमभित्र यी सबै कुराहरुलाई अटाउँदा त्यो कस्तो प्रेम होला ? वसन्त/शिशिरले प्रेमकै गहिराईलाई देखाउन खोजेको छ । गीतमा रोश्नी कार्की, सन्दीप श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
मनाङ र लम्जुङ्गको मनै छुने स्थाहरुमा सुटिङ्ग गरिएको गीतलाई निर्देशन÷सम्पादन नवीन भट्टले गरेका हुन् भने छायांकन ज्ञान चौलागाईले गरेका हुन् । आर्टमाण्डुले भिडियो प्रडक्सन गरेको यो गीतमा कलरिङ्ग चानस पुन मगरले गरेका हुन् ।
युद्ध सिर्फ विचारहरुको मात्र हुन्न । दुइ पात्रहरुको बिचमा मात्र हुन्न । एउटा मौसमले पनि अर्को मौसमले बनाएको खतलाई पुर्न खोजिरहेको हुन्छ । हिउँ, पानी, पालुवा यी मौसमको बद्लिने स्थितिमा पनि प्रेम साझा रहन्छ । सिर्फ अर्थहरु बदलेर । परिस्थितिहरुमा आफ्नै किसिमले आँटेर ।
यहि कुरालाई गीतमा कर्नेश राजथलाले गाएका हुन् जसमा रचना÷संगीत हेम थामीको रहेको छ । एरेन्ज मन्जिल विक्रम के.सीले गरेका छन् भने मिक्सिङ्ग÷मास्टरिङ्ग कोविद बज्रले गरेका हुन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस