कम भयो वायु प्रदूषण

काठमाडौं । काठमाडौंसहित देशका अधिकांश भू-भागमा आज मौसम सफा रहेको छ । बुधबार साँझ परेको पानीसँगै प्रदूषण कम भएपछि मौसम सफा भएको हो ।

आज पनि काठमाडौंसहित धेरै ठाउँमा मौसम सफा रहेको मौसमविद् निराजन सापकोटा बताउँछन् । डडेलो नलागेको र लागेका ठाउँमा नियन्त्रणमा आएको अवस्थामा आव वायु प्रदूषणको समस्या नहुने तर डडेलो लागेको अवस्थामा पुनः प्रदूषण बढ्ने उनको भनाइ छ । बुधबार पानी परेसँगै वायुमा रहेको उच्च प्रदूषण घट्दै गएको हो ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
अहिले देशमा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू(भागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ । देशका पहाडी भू-भागका एक दुई स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै आज राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

आज दिनभर देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अपरान्हपछि मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

भोलि चैत २१ गते शनिबार प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत २१ गते आइतबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

काठमाडौँ । जाजरकोट, जुनिचाँदे गाउँपालिका–६ रामेलास्थित सडकमा भे.२ त ५२७ नम्बरको ट्याक्टर सोमबार दिउँसो दुर्घटना …

प्रतिकृया दिनुहॊस