सिभिल बैंक र आइसनबीच सम्झौता

काठमाडाैं । सिभिल बैंक र आइसनबीच सहकार्य गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ्ग का प्रमुख भोला बहादुर  विष्ट तथा आइसनका तर्फबाट कन्ट्रि विजिनेस डेभलपमेन्ट म्यानेजर आरती श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौतापत्र अनुसार सिभिल बैंकका कर्मचारी, ग्राहक तथा सम्बन्धित परिवारले आइसनसँग अनुवन्धित सात राष्ट्रहरु (भारत, थाईल्याण्ड, मलेशीया, सिंगापुर, ईजिप्ट, अमेरिका र बेलायत)का ६४ अन्तराष्ट्रिय स्वास्थ्य संस्थाहरुमा औषधोपचार गराउँदा तथा स्वास्थ्य परामर्श लिँदा प्रथम पटक ७ प्रतिशत छूट पाउने तथा द्वितीय पटकदेखि थप ५ प्रतिशत समेत गरी कूल १२ प्रतिशत छूट पाउनेछन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एनएमबी बैंकको एघारौँ ‘हेरिटेज वाक’, सोसाइटीलाई ५ लाख सहयोग

काठमाडौँ । एनएमबी बैंकले एघारौँ ‘हेरिटेज वाक’ कार्यक्रम सम्पन्न गरेको छ। बुधवार बैंकको बल्खु शाखाबाट …

प्रतिकृया दिनुहॊस