आठ अर्बको ट्रेजरी बिल बिक्री गरिँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार आठ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियामार्फत उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

बैंकका अनुसार २८ दिने अवधिका लागि पाँच अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको छ । सो बिल आगामी वैशाख १४ गते परिपक्व हुनेछ । यस्तै, १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल भने ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । उक्त बिल आगामी असार १५ गते परिपक्व हुनेछ ।

यस्तै, १८२ दिनका लागि तीन अर्ब रुपैयाँ बराबरको बिल बिक्री गरिनेछ । उक्त बिल आगामी असोज १२ गते परिपक्व हुनेछ । यसअघि, बैंकले यही चैत ९ गते १५ अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनआईसी एसिया बैंकद्वारा ‘विराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौँ । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको ‘विराट गोल्ड कप फुटबल’ लाई …

प्रतिकृया दिनुहॊस