मह जोडीलाई यस वर्षको ‘महामूर्ख’को उपाधि

जनकपुर । मिथिला नाट्यकला परिषद्ले दिँदै आएको महामूर्खको उपाधि यस वर्ष चर्चित हास्य कलाकार महजोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरिएको छ ।

परिषदले प्रत्येक वर्ष होली पर्वको पूर्वसन्ध्यामा महामूर्ख सम्मेलन गरी समाजका विभिन्न क्षेत्रमा प्रतिष्ठा कमाएकाहरूलाई सम्मानस्वरूप ‘महामूर्ख’सहितका उपाधि प्रदान गर्दै आएको छ । यसैगरी, कवि शिरोमणिको उपाधि प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनललाई प्रदान गरिएको छ ।

जनता समाजवादी पार्टीका नेता शेषनारायण यादवलाई चोन्हमा, जनकपुरधाम उपमहानगरपालिका–४ का वडाअध्यक्ष सुदर्शन सिंहलाई वैशाखन्द, राजनीतिकर्मी राजीव झालाई वंश कुरहर, नेपाल पत्रकार महासंघका पूर्वकोषाध्यक्ष शीतल साहलाई ढोरवाको उपाधि प्रदान गरिएको छ ।

सञ्चार उद्यमी शंकर साहलाई मुसरीलाल, जसपा नेतृ बिन्दु ठाकुरलाई खुपसुरती, नेपाल शिक्षक संघका प्रदेश २ अध्यक्ष मेघनाथ यादवलाई चौपटानन्द, चित्रकार एससी सुमनलाई तरघुसका, स्वच्छता अभियन्ता सुरेश शर्मालाई हराशंख उपाधि दिएको छ ।

यस्तै, सुजित झालाई सिलौटानन्द, अशोक दत्तलाई बोतलानन्द, वीरेन्द्र साहलाई लोढाशंकर, वीरेन्द्र कर्णलाई बज्रकिट र जीवनाथ चौधरीलाई पटमूर्खको उपाधि प्रदान गरिएको छ ।

मिथिला कला सांस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष परिषद्ले महामूर्ख सम्मेलनको आयोजना गर्दै आएको छ ।

परिषदले ०६१ सालदेखि महामूर्ख कार्यक्रमको आयोजना गर्दै आएको छ । गत वर्ष प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई ‘महामूर्ख’को उपाधि प्रदान गरिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस