त्रिदेशीय फुटबल : नेपाल आज किर्गिस्तानसँग भिड्दै

काठमाडौं । नेपालले आज किर्गिस्तानसँग खेल्दै त्रिदेशीय फुटबल प्रतियोगितामा आफ्नो खेलको सुरुवात गर्दैछ । दशरथ रंगशालामा नेपालले आज किर्गिस्तानको सामना गर्न लागेको हो ।

यस्तै नेपालले आफ्नो दोस्रो खेलमा शनिबार बंगलादेशसँग भिड्नेछ । दशरथ रंगशालामा हुने प्रतियोगिताका सबै खेल साँझ साढे ५ बाट हुने छन् । सिंगल राउन्ड रोविनका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले मार्च २९ ( चैत १६) मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्दा उप विजेताले ३ हजार र सर्वोकृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउनेछन् ।

यसैबीच, मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बुधबार त्रिदेशीय फुटबल प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरेका छन् । महर्जनले अनुभवी गोलरक्षक किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन् ।

टोलीमा गोलरक्षक दीप कार्की, डिफेन्डर निशान खड्का, छिरिङ गुरुङ मिडफिल्डर संजोग राई र त्रिदेव गुरुङले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन् ।

गोलरक्षक विशाल श्रेष्ठ, मिडफिल्डर हेमन्त थापा मगर, सन्तोष तामाङ, फरवार्ड नवयुग श्रेष्ठ, आशिष लाम र जर्ज प्रिन्स कार्की टोलीबाट बाहिरिएका छन् ।

चोट मुक्त हुँदै डिफेन्डर अनन्त तामाङ टोलीमा फर्कँदा अनुभवी डिफेन्डर विराज महर्जनले पनि करिब १ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । विराज यो प्रतियोगितापछि सन्यास लिने योजनामा छन् ।

प्रतियोगितामा नेपालसहित बंगलादेश र किर्गिस्तान (यु–२३) टिमको सहभागिता रहको छ । प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेशले किर्गिस्तानलाई १-० ले पराजित गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरीको जर्सी १ हजार ५० डलरमा बिक्री

काठमाडौं । अमेरिकाका नेपाली क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी सबैभन्दा बढी मुल्यमा विक्री भएको …

प्रतिकृया दिनुहॊस