धुर्मुस-सुन्तलीले थाले मेची-महाकाली अभियान

काठमाडाैँ । महत्वाकांक्षी गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक अभाव भएपछि कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ले मेची-महाकाली अभियान थालेका छन् ।  धुर्मुस-सुन्तली फाउण्डेशनका अध्यक्ष उनीसहितको टोलीले कञ्चनपुरबाट उक्त अभियान थाल्न लागेको हो ।

यो अभियान अन्तर्गत आज कन्चनपुरका विशेष कार्यक्रम गरिने भएको छ । धुर्मुससहितको टोलीलाई चितवनस्थित रंगशाला निर्माणस्थलबाट श्रमिकहरुले विदाई गरेका थिए ।  धुर्मुस-सुन्तली फाउण्डेशनको संयोजनमा जनस्तरबाट निर्माण भइरहेको रंगशाला निर्माणमा सबैको अपनत्व र योगदानका लागि उक्त अभियान सुरु गरिएको हो कट्टेलले बताए ।

उक्त अभियान थालनी गर्दा मजदुरहरुले आफ्नो आम्दानीमध्ये ४ हजार ४ सय ५ रुपैयाँ दिएका थिए । मजदुरहरुले दिएको उक्त सहयोगले आफू भावुक भएको धुर्मुसले बताएका छन् ।  पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको घरदैलो मंगलबारदेखि कञ्चनपुरबाट सुरु हुने अध्यक्ष धुर्मुसले जानकारी दिए । अध्यक्ष धुर्मुसका अनुसार रंगशाला निर्माणका लागि सहयोग गर्न चाहनेहरुको घरदैलोमा पुगेर सहयोग संकलन गर्न लागिएको हो ।

‘रंगशालाभित्र निर्माण हुने सातै प्रदेशको विम्ब झल्कने ७ वटा स्तम्भ र ७७ वटै जिल्लाको कक्ष निर्माण गरिने भएकोले हरेक जिल्लाले आ-आफ्नो जिल्लाको कक्ष निर्माण गर्न सहयोग रकम जुटाउने अभिप्रायका साथ घरदैलो अभियान संचालन गर्न लागिएको हो,’ उनले भनेका छन् ।

अभियानका क्रममा प्रत्येक जिल्लामा दुई-दुई दिनसम्म बसेर सहयोगी मन, संघसंस्था, वित्तीय संस्था, सहकारी, महिला तथा आमा समूह, विभिन्न समूह र स्थानीय सरकारसँग सहकार्य गरिने धुर्मुसले बताए । घरदैलो अभियानमा फाउण्डेशनका अध्यक्ष धुर्मुससँगै कलाकारहरु कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे, निगम हुमागाईं, अर्जुन भुसाल र जिल्लास्तरीय सहयोग समितिका संयोजक जयराम सिग्देल छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरीको जर्सी १ हजार ५० डलरमा बिक्री

काठमाडौं । अमेरिकाका नेपाली क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी सबैभन्दा बढी मुल्यमा विक्री भएको …

प्रतिकृया दिनुहॊस