फाइल फोटो

बंगलादेश पुगिन् राष्ट्रपति भण्डारी, समकक्षी हमिदले गरे स्वागत

काठमाडौं । दुई दिने राजकीय भ्रमणको सिलसिलामा निस्किेकी राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको ढाका पुगेकी छिन् । राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणमा बंगलादेश भ्रमणमा गएकी हुन् ।

बंगलादेश स्वतन्त्र भएको ५० वर्ष पुगेको तथा राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्म शताब्दीका अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी त्यहाँ गएकी हुन् । ढाकास्थित हज्रात शारजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा भण्डारीलाई बंगलादेशी राष्ट्रपति हमिदले स्वागत गरे । सो क्रममा उनलाई २१ तोपको सलामीद्वारा सम्मान गरिएको ढाकास्थित नेपाली दूतावासले जनाएको छ ।

त्यसपछि उनी त्यहाँको राष्ट्रिय शहीद स्मृति, सभारमा शहीदप्रति श्रद्धाञ्जलीका लागि पुग्ने छिन् । सोही दिन उनको समकक्षी हमिदसँग दुई पक्षीय भेटवार्ता हुनेछ भने प्रधानमन्त्री शेख हसिनालगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस