एसियन बक्सिङ च्याम्पियनसीपमा नेपालको सहभागिता

काठमाडौं । छिमेकी राष्ट्र भारतको नयाँदिल्लीमा यही मे २१ देखि ३१ तारिकसम्म सञ्‍चालन हुने एसियन बक्सिङ च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ ।

एसियन बक्सिङ कन्फेडेरेशन अन्तर्गतको यो प्रतियोगिता एसियाकै सबैभन्दा ठूलो बक्सिङ प्रतियोगिताको रुपमा स्थापित भएको छ । विश्व बक्सिङको सर्वोच्च निकाय एआईबीएले सोमबार एसियामा २०२१ को पहिलो बक्सिङ प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको थियो ।

एआईबीएको तौल समूह अन्तर्गत रहेका महिला तथा पुरुषको छनोटका लागि बक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापामगरको संयोजकत्वमा ५ सदस्य छनोट समिति गठन गरिएको छ । १९ वर्षदेखि ४० वर्षसम्मका खेलाडीहरु छनोट प्रक्रियामा सहभागी हुन पाउने नेपाल बक्सिङ संघले जनाएको छ ।

यहि चैत्र २९-३१ गतेसम्म सातदोबाटोस्थित बक्सिङ हलमा हुने खुला छनोट खेलमा सहभागिता जनाउनका लागि मातहतका जिल्ला बक्सिङ संघ,क्लब र विभागीय टिमलाई तयारी थाल्न संघका प्रवक्ता श्यामकाजी अवालेले जानकारी दिए । टोक्यो ओलम्पीकको पूर्व सन्ध्यामा हुन लागेको यस प्रतियोगिताले सहभागी जनाउने सबै राष्ट्रका लागि महत्वपूर्ण मानिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस