ओलीले बोलाएको दुबै बैठकमा खनाल-नेपाल समूह नजाने

काठमाडौँ । सत्तारुढ नेकपा एमालेको संसदीय दल र केन्द्रीय समिति बैठक आज बस्दैछ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा संसदीय दलको बैठक बिहान साढे १० बजे बोलाइएको छ भने केन्द्रीय समिति बैठक दिउँसो १ बजेपछि बस्ने भएको हो ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र अस्तित्वमा रहेको फैसला गरेपछि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टीका विषयमा थप छलफल गर्ने बैठक बोलाएका हुन् ।

खनाल-नेपाल समूह नजाने
यता झलनाथ खनाल र माधव नेपाल समूहले भने ओलीले बालुवाटारमा बोलाएको बैठक बहिष्कार गर्ने निर्णय गरेका छन् । शुक्रबार साँझ बानेश्वरमा बसेको सो समूहका स्थायी कमिटी सदस्यहरूको बैठकले ओलीले बोलाएको बैठकमा नजाने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवासमा बैठक राखेर दललाई निजीकरण खोजिएको र २८ फागुनको बैठकका निर्णय खारेज नभएसम्म बैठकमा सहभागी नहुने सो समूहको अडान छ । बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त एजेन्डा र प्रक्रिया अवलम्बन गरिएमा विचार गर्ने खनाल-नेपाल समूहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सर्वोच्च अदालतको फैसलाले एकतापछिको नेकपा अवैध ठहर्‍याउँदै एमाले र माओवादी केन्द्र ब्युँतिएको थियो । त्यसपछि प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले २८ फागुनमा आफू पक्षीय केन्द्रीय कमिटी बैठक राखेर पार्टीमा व्यापक फेरबदल गरेका थिए ।

त्यसपछि असन्तुष्ट बनेका खनाल-नेपाल समूहले ललितपुरमा चैत ४ र ५ गते राष्ट्रिय भेला गरेका थिए । एमाले प्रधानमन्त्री ओली र नेताहरु खनाल-माधवबीचको दूरी बढ्दै गएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस