सिँगटी हाइड्रोको २६ लाख ९७ हजार कित्ता आईपीओ जारी

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि शुक्रबारबाट साधारण सेयर (आइपीओ) जारी गरेको छ । कम्पनीले रु. १०० अंकित दरका २६ लाख ९७ हजार कित्ता आइपिओ जारी गरेको हो ।

यस मध्ये १ लाख ४५ हजार कित्ता सामुहिक लगानी कोषका लागि र ५८ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको छ । बाँकी सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन गर्न पाउने छन् । सर्वसाधारणले कम्तीमा १० कित्ता र बढीमा २ लाख कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ । आवेदन दिने अन्तिम मिति चैत १० गतेसम्म छ ।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १४ लाख ५० हजार कित्ता साधारण सेयर जारी गरेको थियो । सिंगटी हाइड्रोले २५ मेगावाटको जलविद्युत् आयोजना विकास गरिरहेको छ । उक्त आयोजनाको लागि प्रति मेगावाट २२ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

बटु लामिछाने अध्यक्ष रहेका उक्त कम्पनीको कार्यकारी सञ्चालक गणेश कार्की छन् । सञ्चालनकहरुमा डोल्मा लमिनी, नरेन्द्र बल्लभ पन्त, देवेश प्रसाईं, सुदीपराज प्रसाईं र रजनी थापा छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालमा सार्वजनिक भयो ल्याक्मे सनस्क्रिन

काठमाडौं । नेपालमा ल्याक्मे सनस्क्रिन सार्वजनिक गरिएको छ। ‘स्टन इन द सन’ ट्यागलाइनको साथ उक्त …

प्रतिकृया दिनुहॊस