आजबाट सिँगटी हाइड्रोको आईपीओ खुल्यो

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट सिँगटी हाइड्रो इनर्जी लिमिटेडले प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्न स्वीकृति पाएको हाइड्रोले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ निष्काशन गरेको छ ।

कम्पनीले आज शुक्रबारदेखि सर्वसाधारणले आईपीओ भर्न पाउने किसिमले निष्काशन गरेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ४५ करोड रुपैयाँमध्ये १० प्रतिशत अर्थात १४ करोड पचास लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले १४ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र अर्थात् दोलखा जिल्लाको अति प्रभावितक्षेत्र बिगु र कालिन्चोक गाँउपालिकाका बासिन्दाहरुका लागि निष्काशन गरेको छ ।

बाँकी २० प्रतिशत अर्थात् २९ करोड बराबरको २९ लाख कित्ता साधारण शेयर मध्ये ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार कित्ता साधारण शेयर सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता साधारण शेयर कम्पनीका कर्मचारीका लागि छुट्टाइएको छ ।

आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ लाख कित्ताको लागि दिन सकिने छ ।  लगानीकर्ताले चैत्र १० गतेसम्म आवेदन दिन सक्ने छन् ।  शेयर निष्काशनको लागि मेगा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

काठमाडौंका मुख्य स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ । नेपाल …

प्रतिकृया दिनुहॊस