एमालेमा हट्यो ७० वर्षे उमेरहद, केपी ओलीलाई सजिलो

काठमाडौँ । सत्तारुढ नेकपा एमालेले ७० वर्षे उमेर हद हटाएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले नवौँ महाधिवेशनबाट पारित ७० वर्षे उमेर हदको प्रावधान हटाइदिएको हो ।

योसँगै वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई आगामी मंसिरमा हुने भनिएको १०औँ महाधिवेशनमा फेरि अध्यक्ष हुन बाटो खुलेको छ । उनले यसै वर्ष फागुन ११ गते आफ्नो ७० औँ जन्मोत्सव मनाएका थिए । प्रवक्ता प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्ति अनुसार ७० वर्षे उमेर हदले पार्टीका कार्यकारी जिम्मेवारीमा रहेका नेताहरू महाधिवेशनअघि नै बिदा हुनुपर्ने र त्यसले पुनःस्थापित पार्टी अघि बढ्न वैधानिक समस्या हुने भएपछि विधानमा संशोधन गरिएको हो ।

अविश्वास फिर्ता लिनु
यसैबीच बैठकले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र बागमतीका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिन पनि प्रदेश सांसदहरुलाई निर्देशन दिएको छ । बैठकले प्रदेशसभामा पार्टीबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई पार्टी निर्णय अनुरुप सञ्चालित हुन र अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भए फिर्ता लिन भनेको हो ।

हेर्नुहोस् विज्ञप्ति :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका विषयका समझदारीमा हस्ताक्षर भएको छ । …

प्रतिकृया दिनुहॊस