म प्रधानमन्त्री बन्‍ने मुड पनि छैन : सभापति देउवा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूमा प्रधानमन्त्री बन्ने कुनै चाहना नभएको स्पष्ट पारेका छन् ।

शनिबार बूढानीलकण्ठस्थित आफ्नै निवासमा नेवि संघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित किताब ‘महाकाण्ड’ (संसद गठनदेखि विघटनसम्म)को विमोचन कार्यक्रममा सभापति देउवाले आफूसो कुरा बताएका हुन् ।

सत्तारुढ नेकपाको विवादमा आफू पर्न नचाहेको भन्दै देउवाले आफू वेटिङ प्राइममिनिस्टर नभएको बताए । ‘प्रमुख प्रतिपक्षी दलको नेता भनेको वेटिङ प्राइममिनिष्टर हो, तर म अहिले यो दौडमा छैन’, देउवाले भने, ‘मलाई लोभ पनि छैन ।’

प्रचण्ड–नेपाल समूहको प्रस्तावमा देउवा प्रधानमन्त्री हुने चर्चा चलिरहेका बेला उनको यस्तो धारणा आएको हो । यसअघि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव नगर्ने बताएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गौर हत्याकाण्डविरुद्ध कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले रौतहटको गौरमा भएको हत्याकाण्डको विषयमा कारण देखाउ आदेश जारी गरेको छ …

प्रतिकृया दिनुहॊस