पूर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंकको काउण्टर,

काठमाडौं । प्रभु बैंकले झापाको विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले फागुन १८ गतेदेखि उक्त काउन्टर सञ्चालनमा ल्याएको जानकारी दिएकाे छ । उक्त काउन्टरको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली तथा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गरेका हुन् ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले विर्तामोड नगरपालिकाको पुर्वाञ्चल क्यान्सर अस्पतालमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित पुर्वाञ्चल क्यान्सर अस्पतालमा आउने सेवाग्राहीलाई रकम जम्मा गर्न र अस्पतालको काम गर्न सहज र सरल हुनेछ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रदान गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीले बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको पनि जानकारी दिएकाे छ ।

उक्त एक्स्टेन्सन काउण्टर सञ्चालन पश्चात् अस्पतालको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्फत हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ । साथै, समाजसेवी भावनाले सामाजिक क्रियाकलापलाई निरन्तरता दिएको यस बैंकले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवाग्राहीको सेवामा समेत उल्लेख्य योगदान पुर्याउने प्रतिवद्धता गरेको छ ।

हाल बैंकले २१३ वटा शाखा कार्यालय, १८९ वटा एटीएम, ५८ वटा एक्स्टेन्सन काउण्टर तथा २ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा दिइरहेकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, …

प्रतिकृया दिनुहॊस