राष्ट्र बैंकद्वारा विद्युतीय भुक्तानीको सीमा दोब्बर

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा दोब्बर बनाएको छ । मोबाइल बैंकिङ, मर्चेन्ट र एकाउन्ट ट्रान्सर गरी हुने कारोबारको सीमा दोब्बर बनाएको राष्ट्र बैंकले जनाएको छ ।

अब मोइबालइबाट दैनिक २ लाख रुपैयाँसम्म कारोबार गर्न सकिन्छ । यसअघि मोबाइल बैंकिङको सीमा प्रतिदिन १ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, इन्टरनेट बैंकिङको सीमा १० लाख रुपैयाँ पुर्याइएको छ । त्यस्तै, मर्चेन्ट ट्रान्सफर र अकाउन्ट ट्रान्सफरको हाल कायम रहेको १० लाखको कारोबारको सीमा बढाएर २० लाख रुपैयाँ पु-याएको छ ।

नगदरहित अभियान अन्तर्गत राष्ट्र बैंकले क्यासलेस वा डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस्तो व्यवस्था ल्याएको केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेँलले जानकारी दिए ।

राष्ट्र बैंकले तोकेको प्रतिदिन कारोबार रकमको सीमाभित्र रही बैंक तथा वित्तीय संस्थाले प्रति कारोबारको सीमा तोक्न सक्ने समेत राष्ट्र बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, …

प्रतिकृया दिनुहॊस