आज देशभरका अदालत बन्द

काठमाडौँ । आज देशभरका अदालत बन्द हुने भएको छ । सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक बिदा दिने निर्णय गरेकाे सहप्रवक्ता देवेन्द्र ढकालले बताए ।

उनका अनुसार आज सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवम् अन्य अदालत सबै बन्द हुनेछन् । पूर्वप्रधानन्यायाधीश सिंहको यही फागुन १८ गते साँझ निधन भएको थियो ।

सर्लाहीमा १९८८ साल फागुन ३ गते जन्मिएका सिंहले २०१० सालदेखि सरकारी सेवामा अप्रिन्टिसको पदबाट सेवा प्रारम्भ गरेका थिए । उनी २०५२ साल असोज १० गते प्रधानन्यायाधीश पदमा नियुक्त भएका थिए । उनले २०५३ फागुन ३ गतेसम्म प्रधानन्यायाधीशका रुपमा काम गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताएका …

प्रतिकृया दिनुहॊस