ट्रकले ठक्कर दिंदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौं । झापामा ट्रकले कार र मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भएका छन् ।

कनकाई नगरपालिकास्थित पूर्व पश्चिम राजमार्गमा प्रदेश १–०४–००१च ०१६७ नम्बरको कारलाई नम्बर नखुलेको ग्यास बोकेले ठक्कर दिँदा दुर्घटना भएको हो । कारलाई ठक्कर दिएर अनियन्त्रित ट्रक भएको ट्रकले प्रदेश १–०१३ प १७८३ नम्बरको मोटरसाइकल पनि ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ट्रकले कारलाई ओभरट्याक गर्ने क्रममा दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । दुर्घटनामा कार चालक सुनसरीको धरान १६ का दिपक क्षेत्री र कारमा सवार सोलुखुम्बुका दिलीप रानाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । कारमा सवार सोलुखुम्बुकी अन्जु मगर र सुरेश मगरको अवस्था गम्भीर छ । उनीहरुको बिएन्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलका चालक झापको शिवसताक्षी–२ का ज्ञानबहादुर प्रसाईं र उनकी पत्नी सोनम श्रेष्ठ पनि गम्भीर घाइते भएका छन् । उनीहरुको पनि बिएन्डसी अस्पताल विर्तामोडमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका विषयका समझदारीमा हस्ताक्षर भएको छ । …

प्रतिकृया दिनुहॊस