बिहीबार कुन प्रदेशको मौसम कस्तो ?

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । अहिले प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ । बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

आज (बिहीबार) दिउँसाे पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । यस्तै दिउँसाे देशको पहाडी भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमान

फाल्गुन २० गते (बिहिबार)

दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

फाल्गुन २१ गते (शुक्रबार)

दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ को पहाडी भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

फाल्गुन २२ गते (शनिबार)

दिउँसो : प्रदेश १ को पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाग्मती तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने र बाकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ को पहाडी भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : सुदुर पश्चिम प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने र बाकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ को पहाडी भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न परिषद्लाई मन्त्री चौधरीको निर्देशन

ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सडक बालबालिका मुक्त घोषणा गर्नेगरी …

प्रतिकृया दिनुहॊस