ज्योती लाइफको आईपीओ फागुन २१ गतेबाट खुल्ने

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर(आईपीओ) फागुन २१ गतेदेखि नै भर्न पाइने भएको छ ।

यसअघि फागुन २३ गतेलाई तोकिएको कम्पनी आईपीओ निष्काशनको मिति परिवर्तन हुँदै २१ गतेलाई तोकिएको हो । कम्पनीले एकसय दरका ६६ करोड बराबरको ६६ लाख कित्ता सेयर निष्काशन गर्दैछ ।

जसमध्य ३ लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई र ३ लाख ३३ हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरि बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको हो ।

फागुन २१ गतेबाट खुल्ने कम्पनीको सेयरमा सर्वसाधारण लगानीकर्ताहरूले ढिला गरि फागुन २६ गतेसम्म आवेदन दिन सक्ने छन् ।

उनीहरुले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ । इच्छुक आवेदकले  सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ मार्फत आवेदन दिन सक्नेछन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् …

प्रतिकृया दिनुहॊस