ट्याक्टर दुर्घटनामा एकको मृत्यु

हेटौंडा । मकवानपुरको बकैयामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।

बकैया गाउँपालिका-५ तीनतलेमा बुधबार ना६त ४५३५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा हेटौंडा उपमहानगरपालिका वडा नम्बर -१७ बस्ने वर्ष १३ का दिलशन माझीको मृत्यु भएको  प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्याक्टर चालक हेटौंडा उपमहानगरपालिका वडा नम्बर -१७ बस्ने वर्ष १७ का सुनिल माझी र बकैया गाउँपालिका वडा नम्बर -७, भिरकोट बस्ने ५८ वर्षीय योगेन्द्रबहादुर राई घाईते भएका छन् ।

हेटौंडाबाट सिमेन्ट लोड गरी बकैयातर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भई सडक छेउमा पल्टिएको थियो ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जालमा अर्कै भिडिओ भाइरल, कतार पठाइएको छैन हात्ती

काठमाडौं । बुधबारबाट दुईवटा हात्ती ट्रकमा चढ्दै गरेको एउटा भिडिओ भाइरल छ । धेरै सामाजिक …

प्रतिकृया दिनुहॊस