बलात्कारपछि किन हुँदैछ हत्या ?

  • डम्मर बम

झपक्क साँझ परिसकेको थियो, बनमा चर्न गएका जन्तु घर फर्किसकेका थिए, स्कुल पढ्न गएकी छोरी अझै घर पुगेकी थिईन्न । छोरीको आउने बाटो हेर्दै बसेकी थिईन् ४८ बर्षिय आमा द्रोपति भट्ट, उनका आँखा अझै ओईलाएका थिएन्न । उनी अझै पनि छोरी घर फर्किने आशमा बसेकी थिईन । १७ वर्षिया छोरी भागरथी घर नपुग्नु, न कुनै खबर आउनुले द्रोपतिको मनमा चिसोपसिसकेको थियो । उनी आत्तिन थालेकी थिईन ।

उनको मुटुको धड्कन बढ्न थालेको थियो । स्कूल पढ्न गएकी छोरी घर नफर्किएपछि गाउँलेले अनेकन कुरा गर्न थालिसकेका थिए । कसैको सकारात्मक त कसैको नकारात्मक कुराले उनलाई अझै पीर परिरहेको थियो । भागीरथी ती बृद्द र असहाय आमाकी साहारा थिईन्, जो सम्पर्क विहीन भईन । गएको पुष ७ गते पति वियोग खेपेकी द्रोपतिमाथि अर्को ब्रजपात पर्यो, माघ २२ गते स्थानीय लबलेक जंगलमा भागरथीको शब बिभत्स र निर्वस्त्र अवस्थामा फेला प-यो । यो पीडा उनलाई असह्य भयो ।

पति वियोगको पीडा भुल्न नपाउँदै छोरीको बिभत्स हत्याको खबरले चारैतिर सन्नाटा छायो । मृगौला फेल भएका पतिको धनगढीमा उपचारका क्रममा निधन भएको थियो । गरिबीको पीडामा रहेका भट्ट परिवारको जिवीकोपार्जनको माध्यम भारत थियो । भारत कमाउन जाने गरेका श्रीमान्को निधन पश्चात् दुई सन्तानकोे शिक्षा, दिक्षा र घर चलाउन निकै समस्यामा गुज्रिरहेका बेला यो घटनाले उनका आँखा अझै सुक्न सकेका छैन्न । उनको मनमा पीडाको मुस्लो दन्किएको छ ।

भागरथीका अंकल शिबराज भट्टले अपराधीलाई समाउन विभिन्न व्यक्ति, समाज, प्रहरी, मानबअधिकारी र पत्रकारहरु लगायतलेहरुले उल्लेखनीय भूमिका खेलेको बताए । उनले केही मिडिया विशेष गरी यू ट्यूवहरुमा प्रसारित समाचारले आफूलाई चोट परेको बताए । पैसाका लागि सञ्चालनमा ल्याएका त्यस्ता मिडिया बढी भ्यूर बढाउन अफहवा फैलाउने काम गरेको बताए, जसले पीडामाथि थप पीडा दिएको बताए । अर्कोतर्फ समाजका केही व्यक्तिले पीडित माथि अझै गरिरहेको नकारात्मक कुराले परिवारमा झनै पीडा हुने गरेको उनी भन्छन् । कुनैपनि घटना समाजमा घट्छ, अपराधी पनि त्यही समाजकै हुन्छ, त्यस्ता अपराधीलाई कानूनको दायरामा ल्याएर सजाय दिनु आवश्यक रहेको छ ।

समाजमा यस्ता घटना घट्ना नदिन सामाजिक सञ्जाल निगरानी, स्कूलमा सामाजिक शिक्षा सञ्चालन तथा प्रहरी प्रशासनसँगको दुरीकम गर्नुपर्ने र अनुसन्धानमा रहेका प्रहरीलाई सहयोग गर्दा यस्ता घटना केही कम हुने शिबराज बताउँछन् । २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा बनमा गत माघ २२ गते बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीमा बलात्कारपछि हत्या भएको थियो । भागरथी हत्यामा सोही स्थानका श्री कोटस्थित सनातन धर्म माध्यमिक विद्यालयकै कक्षा ११ मा अध्ययनरत दिनेश भट्टको संलग्नता देखिएको छ । लवलेक जंगलमा पुगेपछि पहिला सडकबाट धकेलेर भीरमा लडाएको त्यसपछि बेहोस अवस्थामा बलात्कार गरेको र घाँटी निमोठेर हत्या गरेको समेत अभियूक्त भट्टको बयान छ । भागरथी र दिनेश एकै गाउँ चडेपानीका बासिन्दा हुन् । नाताले दुबैजना दिदीभाइ पर्छन् । किशोरले हत्या गर्न भागरथीलाई अगाडि नै लवलेक जंगलमा कुरेर बसेको समेत बयानमा उल्लेख गरेका छन् ।

स्कुल पढ्न गएकी भागरथीको बलात्कारपछि हत्या, पशु चौपाया बाँध्न सिमछानामा गएको अवस्थामा असोज ७ गते बझाङको मष्टा गाउँपालिकामा १२ वर्षीया बालिकाको बलात्कार पछि विभत्स हत्या, साथीको घरमा पढ्न गएकी कञ्चनपुरकोे महेन्द्रनगरकी निर्मला पन्तको २०७५ साल साउन १० गते बलात्कारपछि हत्या, त्यसै सोही बर्ष असार १२ गते कार्यालयको काम गर्न हिडेकी कैलालीको गौरीगंगा नगरपालिका ११ कटानकी १९ वर्षीया माया विकको बलात्कारपछि हत्या । बलात्कारपछि हत्या घटना समाजमा उकालो लागेपनि हत्यामा संलग्नहरुले सजाय पाएको अवस्था घटनाको तुलनामा न्यून मात्र रहेको छ ।

समाजमा दिनहँुजसो बलात्कारका घटनाहरु भईरहेका छन् । ती मध्ये केही सार्वजनिक हुँर्दै आएका छन्, भने केही गुपचुप नै रहन्छन् । कतिपय त गाउँघरमै मिल्ने पनि हामीले देखेका छौं । कतिपय पीडित महिलाले समाजबाट उल्टै तिरस्कृत हुने डरले घटनालाई लुकाउदै आउनु परेको पीडा छ । तर छिमेकी मुलुक भारतमा भएको एउटा मात्र घटना हेर्ने हो, भने बलात्कारको मुद्दामा मृत्यूदण्डको सजाय दिईएको छ । १६ डिसेम्बर २०१२ को दिन भारतको दिल्लीमा एक युवतीलाई एक बसमा बसका कर्मचारीले सामुहिक बलात्कार गरे । बलात्कार भएको सात वर्षपछि बलात्कार गर्ने चारै जनालाई २० मार्च २०२०,विहान ५ बजेर ३० मिनेटमा मातिहाड़ जेलमा फाँसी दियो । नेपाल अन्तराष्ट्रिय नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी वडापत्र १९६६ पक्ष राष्ट्र भएकोले मृत्यूदण्ड सम्बन्धी कानुन नमिल्ने र नेपालले विभिन्न संन्धि सम्झौता तथा मानबअधिकार सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेकोले मृत्यूदण्ड सम्बन्धी कानुन बनाउन नमिल्ने अवस्था छ । पछिल्लो चार आ.व.को सर्वोच्च अदालत वार्षिक प्रतिवेदनहरु हेर्दा अंधिकांश करणीका मुद्दामा फैसला हुनबाँकी रहेको अवस्था देखिएको छ ।

सर्वोच्च अदालतका वार्षिक प्रतिवेदनहरु
आर्थिक बर्ष २०७३-०७४ मा करणीका मुद्दा हेर्दा जिल्ला अदालतमा लगत रहेका २ हजार ४ चार सय ३९ मुद्दामध्ये १ हजार ५ सय ४७ फर्छौट भएका छन् भने ८ सय ९२ बाँकी रहेका छन् । सोही आ.ब.मा उच्च अदालमा लगत रहेका २ हजार २७ मुद्दामध्ये १ हजार २ सय ३५ फर्छौट भएका छन् र ८ सय ९२ बाँकी रहेका छन् र सर्वोच्च अदालतमा लगत रहेका ३ सय १७ मुद्दामध्ये ३९ वटा फर्छौट भएका छन् र २ सय ७८ मुद्दा बाँकी रहका छन ।

आर्थिक बर्ष २०७४-०७५ मा करणीका मुद्दा हेर्दा जिल्ला अदालतमा लगत रहेका ३ हजार १ चार ०२ मुद्दामध्ये १ हजार ९ सय ९३ फर्छौट भएका छन् भने १ हजार १ सय ९ बाँकी रहेका छन् । सोही आ.ब.मा उच्च अदालमा लगत रहेका १ हजार ९ मुद्दामध्ये १ हजार ४ सय ४० फर्छौट भएका छन् र ५ सय ८ बाँकी रहेका छन् र सर्वोच्च अदालतमा लगत रहेका १ हजार १ सय ११ मुद्दामध्ये ४ सय ३६ वटा फर्छौट भएका छन् र ६ सय ७५ मुद्दा बाँकी रहका छन । त्यसैगरी आर्थिक बर्ष २०७५-०७६ मा करणीका मुद्दा हेर्दा जिल्ला अदालतमा लगत रहेका ४ हजार ३ चार ७१ मुद्दामध्ये २ हजार ७ सय ७७ फर्छौट भएका छन् भने १ हजार ५ सय ४ बाँकी रहेका छन् ।

सोही आ.ब.मा उच्च अदालतमा लगत रहेका २ हजार ७ सय ७५ मुद्दामध्ये २ हजार १ सय ४१ फर्छौट भएका छन् र ६ सय ३४ बाँकी रहेका छन् र सर्वोच्च अदालतमा लगत रहेका १ हजार ५ सय ३९ मुद्दामध्ये ४ सय ६१ वटा फर्छौट भएका छन् र १ हजार १ सय १८ मुद्दा बाँकी रहका छन र आर्थिक बर्ष २०७६-०७७ मा करणीका मुद्दा हेर्दा जिल्ला अदालतमा लगत रहेका ४ हजार ७ चार ४४ मुद्दामध्ये १ हजार ९ सय ७३ फर्छौट भएका छन् भने २ हजार ७ सय ७१ बाँकी रहेका छन् । सोही आ.ब.मा उच्च अदालमा लगत रहेका २ हजार ७ सय ५० मुद्दामध्ये १ हजार ७ सय ६६ फर्छौट भएका छन् र ९ सय ८४ बाँकी रहेका छन् र सर्वोच्च अदालतमा लगत रहेका १ हजार ८ सय ४१ मुद्दामध्ये ७ सय १० वटा फर्छौट भएका छन् र १ हजार ५१ मुद्दा बाँकी रहका छन ।

सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोख्रेलका अनुसार १० बर्षभन्दा माथिको सजाय पाउनेले खालका मात्र मुद्दा सर्वोच्च अदालतमा आउने गरेका छन् । “समाजमा विभिन्न घटना घट्ने र सबै घटना अदालतसम्म नआउँदासम्म अदालतको भूमिका रहन सक्दैन”, प्रवक्ता पोख्रेलले भने “सरकारी वकिलले अभियोजन गर्ने र प्रहरीले अनुसन्धान गर्ने गर्दछ, ।” उनले “करणीका मुद्दामा समाजमा पैसा दिएर मिलाईन्छ, त्यो अर्को अपराध हो ।” प्रवक्ता पोख्रेलका अनुसार “त्यसको परिणामको वारेमा सामान्य ख्याल नगर्नु ठूलो भुल गर्नु हो ।” उनले बलात्कारीलाई सजायका सन्दर्भमा पीडितसँग बुझ्दा उनिहरुको मनसाय आफुहरुलाई सुधार केन्द्रमा राख्ने अनि अपराधीलाई जेल राखेपनि उनिहरुले आफुहरुलाई धम्की दिई रहेको बताए ।

त्यसैले अपराधीलाई मृत्यूदण्ड सजायको दिनुपर्ने माग गरेको पाइन्छ तर हाम्रो संविधानले कसैको पनि जीवन हरण गर्न पाईदैन भनेको प्रबक्ता पोख्रलेले बताए । समाजमा यस्ता घटना कमगर्न १) प्रभावकारी रुपमा कानून निर्माण हुनुपर्छ र कार्यान्वयन पनि सोही तरिकाले हुनुपर्दछ । र अर्को २) कानूनी रुपमा बढी सजाय पाएकाहरुको बढी रुपमा प्रचार हुनु जरुरी छ, किनकी अपराध गर्नेले यतिसम्मको सजाय पाउन सक्दछन् भन्ने सबैतिर जानकारी भए करणीमा केही कमी आउने उनले सुझाए ।

नेपाल बार एसोसियनको उपाध्यक्ष रक्षा बस्यालले बलात्कार पीडित महिलाले दुई वटा लडाई लड्नुपर्ने बताईन । १) उसै पीडित हुन्छ, आफैसँग लड्नु पर्दछ । अर्को २) समाजसँग जहाँ पीडितलाई होस्टायल गरेको पाईन्छ, पीडकमात्र नभएर हाम्रो समाज पनि दोषी छ । जसले पीडितलाई जबरजस्ती मिल्न बाध्य गर्दछ । पैसाको प्रलोभन, ईज्जत, डर, धम्कीले होस्टाईल गराई केश मिलाउन लगाईन्छ, होस्टाइल गराउनेलाई पनि कारवाही गराउनुपर्दछ । त्यो एउटा जघन्य अपराध हो । एउटा बालिका बलात्कृत हुन्छे त्यतीबेला उसलाई बलात्कृत भएको थाहा नहुन सक्दछ । जब उ वयस्क हुन्छ र उसले आफु बलात्कृत भएको थाहा पाउँछे भने उसमा के वित्छ त्यो कल्पना पनि गर्न सकिदैन । मानब जीवनका लागि पैसा सबैथोक होईन जस्तै अरुको बारीको चरन खाएजस्तो सजाय करणी गरेको दिनु कदापी न्यायोचित होईन । अपराध गर्ने जो सुकै सजायको भागिदार हुनुपर्ने उापध्यक्ष बस्यालको भनाई छ ।

अधिवक्त विनु श्रेष्ठले एउटा महिलाले आफुमाथि भएको बलात्कारको बकपत्र गर्दा कतिको समस्या झेल्नुपर्दछ भने उनीहरुलाई खुल्न गाहे हुन्छ । उनीहरु बोल्न नसक्ने अवस्था हुन्छ र लेखेर दिनुपर्ने अवस्था आउँछ ।

करणीसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट भएका फैसलाहरुको सार संक्षेप
(वि.सं. २०१५ देखि २०७७ पौषसम्मका नजीर समावेश) महान्यायाधिवक्ताको कार्यालय सिंहरदबार, काठमाण्डौद्दारा जारी पुस्तकमा ।

१०६. सियाराम राना विरुद्द नेपाल सरकार (ने.का.प. २०७४, अंक ३, नि.नं. ९७८४)
१) जबरजस्ती करणीको अपराध सामान्य प्रकृतिको अन्य अपराध जस्तो होईन । जबरजस्ती करणीको अपराधमा पीडितको शारीरिक र मनोबैज्ञानिक जुन क्षति हुन्छ, त्यो अपूरणीय हुन्छ । यसबाट पीडितले स्वतन्त्र मानवीय अस्तित्व, मान, सम्मान र उसको व्यक्तिगत एवं सामाजिक प्रतिष्ठा, मान-मर्यादा र मानवीय अस्मिता लुटिएको हुन्छ । उसको स्वतन्त्र अस्तित्व नै खण्डित भएको हुन्छ । त्यसमा पनि वर्ष १४ की बालिकासित करणी गर्नु स्वयंमा गम्भीर प्रकृतिको अपराध श्रेणीमा पर्ने ।

१३४. नेपाल सरकार विरुद्द अशोक श्रेष्ठ (ने.का.प. २०७६, अंक १, नि.नं. १०१६५)
१. कुनै पूरुषले आफ्नो यौन तृष्णा मेटाउने मनसाय राखी पीडित महिलाको मन्जुरी बेगर जबरजस्तीपूर्वक आफ्नो लिङ्ग महिलाको योनीमा प्रवेश गराई वा अन्य तरिकाले यौन सन्तुष्टि लिएको हुन्छ । यसप्रकार जबरजस्ती करणीको कसूर हुनका लागि जबरजस्ती करणी गर्ने मनसाय, जबरजस्ती करणी गर्ने कार्य र पीडितको करणी गर्ने कार्यमा मन्जुरीको अभाब रहेको अवस्थामा जबरजस्ती करणीको कसुर गरेको मान्नुपर्ने ।
२. अत्यन्त कलिलो उमेर अवस्था भएको बालिकाको हकमा जबरजस्ती करणी गर्दा वयस्क महिलासँगको सम्बन्धमा जस्तो लिङ्ग सजिलैसँग प्रवेश नहुने भएकोले त्यस्तो कलिलो उमेरका बालिकाको योनिबाहिर लिङ्ग दली र रगडी वीर्य स्खलन गरेकोलाई करणी नभई उद्योग मान्न नसकिने । (नोटः पीडित बर्ष ४)

प्रहरी प्रधान कार्यालय नक्सालको तथ्याकं
आ.व. २०७३।०७४ मा १ हजार १ सय ३१, आ.व. २०७४।०७५ मा १ हजार ४ सय ८०, आ.व. २०७५।०७६ मा २ हजार २ सय ३०, आ.व. २०७६।०७७ मा २ हजार १ सय ४४ र आ.व. २०७७।०७८ को पुषसम्म १ हजार २ सय ७२ जना जबरजस्ति करणी घटना भएको प्रहरी प्रधान कार्यालय नक्सालको तथ्याकंले देखाएको छ ।

कानूनी व्यवस्था
मलुकी अपराध संहिता, २०७४ परिच्छेद – १८ मा करणी सम्बन्धी कसूरमा सजायको व्यवस्था गरिएको छ । दफा २१९ मा जवजस्ती करणी गर्न नहुने दफा १ मा कसैले जवजस्ती करणी गर्नुहुदैन । मलुकी अपराध संहिता, २०७४ दफा २१९ को उपदफा (३) मा जवरजस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गराएको परिस्थितिमा र महिलाको उमेर हेरी देहाय बमोजिम कैद हुनेछ :- (क) दश वर्ष भन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता वा सत्तरी बर्षभन्दा बढी उमेरका महिला भए जन्मकैद, (ख) दश वर्ष वा दश वर्ष बढी चौध वर्षभन्दा कम उमेरकी बालिका भए अठार वर्षदेखि बीस वर्षसम्म, (ग) चौध वर्ष वा चौध वर्षभन्दा बढी सोह्र वर्षभन्दा कम उमेरकी बालिका भए बाह्र वर्षदेखि चौध वर्षसम्म, (घ) सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी महिला भए दश वर्षदेखि बाह्र वर्षसम्म, (ङ) अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि दश वर्षसम्म । व्यवस्था गरिएको छ ।

समाजमा हुने महिला हिंसा सम्बन्धिका यस्ता घटना वाहिर ल्याउन महिलाहरुले आँट गर्न सकिरहेका छैनन् । महिला आफै घटना सार्वजनिक गर्दा समाज र परिवारले हेर्ने दृष्टिकोणले अपहेलित हुने मनोविज्ञानले घटना वाहिर नल्याउने हुँदा यस्ता घटनाले प्रसय पाई रहेका छन् । अपवाद केही महिलाले सार्वजनिक गर्दा कित लेनदेनमा मुद्दा मिलान गरिन्छ, भने कि राजनीतिक रंग दिएर घटनालाई अर्कै मोडिन्छ । जसका कारण महिलाले खुलेर आफुमाथि भएको घटनाका सन्दर्भमा मौन रहदै आएका छन् । जुन अपराध उनीहरुले सहनु अर्को अपराध हो । नेपालमा छ महिनाकी दुधे बालिकादेखि ७० वर्ष कटेका हजुर आमाहरु समेत बलात्कारीको निशानामा परेका छन् । निर्मला पन्त, सम्झना विक र भागीरथी भट्टजस्ता तमाम छोरीहरुमाथी बलात्कारपछि हत्या गर्ने अपराधीहरुले बढी से बढी सजाय पाउन् ।

नवीन सन्देश मासिकबाट साभार

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

छोटुलालले धनीलाई बुझाए बाटोमा भेटिएको १७ लाख

काठमाडौं । भारत घर भएर पोखरामा बस्ने एक व्यक्तिले आफूले फेला पारेको १७ लाख रकम …

प्रतिकृया दिनुहॊस