तोलामा रु ५०० ले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा मंगलबार तोलामा नै  रु १ हजार ७०० ले घटेको सुनको मूल्य आज भने रु ५०० बढेको छ ।

मंगलबार तोलामा  ८७ हजारमा कारोवार भएको छापावाला सुन आज ८७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कीर्तिमानी मूल्यमा सुन, कति पुग्यो आज ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बुधबार प्रतितोला …

प्रतिकृया दिनुहॊस