ज्योति विकास बैंक र क्लक बी द्वारा EntrepreneuHER कार्यक्रम सम्पन्न।

काठमाडौँ । ज्योति विकास बैंक र क्लक बी विजनेश इनोभेसनले संयुक्त रुपमा फागुन १६ गते आइतबार काठमाडौं लाजिम्पाटस्थित साङ्ग्रिला होटलमा महिला उद्यमशीलता विकास सम्बन्धी EntrepreneuHER नामक कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रमका प्रमुख अतिथि ज्योति विकास बैंकका सञ्चालक समितिका अध्यक्ष हरि प्रसाद, बैंकका प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्ट र क्लक बी विजनेश इनोभेसनका प्रमुख कार्यकारी अधिकृत बिनय देवकोटाले संयुक्त रुपमा सो महिला उद्यमशीलता कार्यक्रमका उत्कृष्ट विजयी प्रतियोगीहरुलाई रु.पचास हजारको सीड फन्डू र रू.दुई लाखको इक्विटी इन्भेष्टमेण्ट फन्ड प्रदान गरेका थिए।

EntrepreneuHER महिला उद्यमी र उद्यमीहरूका लागि उद्यमी शिक्षा र नेटवर्किङ कार्यक्रम हो।

एक महिना अघिबाट सञ्चालित यस  EntrepreneuHER  कार्यक्रममा सातै प्रदेश बाट २१७ जना महिलाहरुले अनलाईन मार्फत् आवेदन दिएका थिए। सो आवेदनहरुबाट छनोट भएका ३५ जना आवेदकहरुलाई सीप विकास सम्बन्धी Workshop Session ,Mentorship Session, Virtual Incubation Program र उद्यमशीलता क्षेत्रका विज्ञहरुबाट उनीहरुको उद्यमलाई अझ विस्तारित बनाउन तालिम प्रदान गरिएको थियो।

तालिमको समाप्ति भए संगै ३५ जना महिला उद्यमीहरुले आफ्नो उद्यम सम्बन्धि विस्तृत विजनेश प्लान प्रस्तुत गरेका थिए जसमध्येबाट मुल्यांकन गरेर १० जना अन्तिम उम्मेदवार छनोट भएका थिए।

आइतबार आयोजित कार्यक्रमको अन्तिम दिनमा बैंक र क्लक बी का विभिन्न पदाधिकारीहरु,निर्णायक मण्डल, इन्भेस्टर र विभिन्न अतिथि हरुका माझ १० जना उम्मेदवारहरूले आफ्नो उद्यमको खाका र विस्तृत विजनेश प्लान प्रस्तुत गरेका थिए।

सो प्रस्तुतिको आधारमा कार्यक्रमका निर्णायक मण्डलमा रहनु भएका  पारस राज कंडेल, रामहरि आचार्य, बिनय देवकोटा, स्नेहा सिंह, ज्यास्मिन कर्माचार्य र नरोत्तम अर्यालले गरेका मुल्याङ्कनको आधारमा सृजना भुसाल(Learn Loksewa ) र शैलजा कशजु (Tekka Toys) लाई विजेता छनोट गरिएको थियो।

सृजना भुसालको लोकसेवा तयारी मोबाइल एप तथा शैलजा कसाजुको कृषिजन्य वस्तुबाट महिलाहरुको शिपलाई प्रवर्द्धन गर्दै बनाइने म्याट, पर्दा, ब्याग, मास्क जस्ता वस्तुलाई बजार प्रदान गर्ने इ-कमर्स साइटको प्रस्तावलाई निर्णायक मण्डलले विजेता घोषित गरेको हो।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस