फाइल फोटो

दोभान बजारमा आगलागी, ३५ घर जलेर नष्ट

फुङलिङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका-३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा आगलागी भएको छ । बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत् चुहिएर आगलागी भएको हो ।

स्थानीय गणेश कार्कीका अनुसार दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट भइसकेको छन् । ‘आगो नियन्त्रणभन्दा बाहिर गइसक्यो, केही घर भत्काएर अग्निरेखा कोर्ने काम गर्दै छौंँ ।’

ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए । ‘म पनि आगलागी क्षेत्रमा जाँदै छु,’ उनले भने, ‘आगलागी भीषण छ भन्ने खबर आएको छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सर्वोच्चको आठ बुँदे आदेश- पशुपति क्षेत्रमा गाडी चल्न नदिनू, शव गाड्ने वैकल्पिक ठाउँ खोज्नू

काठमाडौं । सर्वोच्च अदालतले विश्व सम्पदा सूचीमा रहेको पशुपतिनाथ मन्दिर क्षेत्रमा इञ्जिनले चल्ने कुनै पनि …

प्रतिकृया दिनुहॊस