सिंगटी हाइड्रोको आईपिओ बाँडफाँड

दाेलखा । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय वासिन्दालाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । साे कम्पनीकाे बिक्रि प्रबन्धक मेगा क्यापिटलले आज दिउँसो शेयर बाँडफाँड गरेको जानकारी दिएकाे छ ।

बाँडफाँड अनुसार १० कित्तादेखि ४९० कित्तासम्मको लागि आवेदन दिने माग गरे बमोजिम कै शेयर पाएकाे कम्पनीले वताएकाे छ । ५ सय कित्तादेखि माथिको लागि आवेदन गर्ने ५२३ जना लगानीकर्तामध्ये गोलापर्थाबाट २९९ जनाले थप १० कित्ता शेयर पाएका छन् ।  कम्पनीको शेयर अधिकतम ५०० कित्तासम्म पाएका छन्।

साे कम्पनीले माघ ४ देखि फागुन ३ गतेसम्म आयोजना प्रभावित स्थानीय वासिन्दालाई १४ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गरेको थियो । याे आईपिओमा दोलखाको बिगु र कालिन्चोक गाउँपालिकाका स्थानीय वासिन्दाले मात्र आवेदन दिन पाउने ब्यबस्था गरिएकाे कम्पनीले वताएकाे छ। आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ लाख कित्ताको लागि दिन सकिने ब्यबस्था रहेकाे थियाे ।

साे आईपिओमा कुल १९ हजार २ सय ८२ जनाले आवेदन दिएका थिए । ती मध्ये ४६ जनाको आवेदन रद्द भएको थियाे ।

कम्पनीले दोलखाको कालिञ्चोक गाउँपालिका–२ बाबरे र विगू–५ चिलंखामा पर्ने सोरुङ खोलामा बाँध बाँधेर २५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिसकेको छ । कम्पनीले चैत्रको पहिलो साता भित्र सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने तयारी गरेको कम्पनीले वताएकाे छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बाढी प्रभावित आयोजनाले १० महिनासम्म राहत नपाएकाे गुनासाे

काठमाडौं । पूर्वका बाढी प्रभावित जलविद्युत आयोजनाले लामोसमयसम्म राहत नपाएपछि संसदीय समितिमा छलफल भएको छ । बुधवार संघीय संसदको अर्थसमितिमा बाढी प्रभावित आयोजनाका प्रतिनिधि, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान), ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री, राष्ट्र बैंकका गभर्नर, ऊर्जा सचिव र राजस्व सचिवसहित छलफल भएको हो ।

प्रतिकृया दिनुहॊस