सिद्धार्थ बैंकको कर्मचारी सहभागिता कार्यक्रमको नतिजा सार्वजनिक

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसर पारी कर्मचारीको सहभागितालाई मध्यनजर गर्दै कर्मचारी संलग्नता प्रतियोगिता ल्याएको थियो ।

सो प्रतियोगितामा देशभरबाट १२४ जना बैंकका कर्मचारीहरुले लेख, एनिमेसन भिडियो, टिकटक भिडियो र चित्रकला गरी कुल ४ वटा विधाहरुमा सहभागिता जनाएका थिए ।

उक्त कार्यक्रमको नतिजा  सिद्धार्थ बैंकको प्रधान कार्यालय हात्तीसारमा एक समारोहकाबीच सम्पन्न भएको थियो । कार्यक्रममा बैंकका अधिकांश कर्मचारीहरुले डिजिटल्ली नै आफ्नो हाजिरी जनाएका थिए ।

विजेताहरूलाई बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतमले पुरस्कार हस्तान्तरण गरे । उनले यस्ता प्रतियोगितालाई निरन्तरता दिँदै जाने र सबै कर्मचारीहरुलाई यस किसिमका कार्यक्रमहरुमा सहभागिता जनाउन प्रोत्साहन गर्ने बताए ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

ग्लोबल मनि विकको सन्दर्भमा विद्यार्थीसंग कृषि विकास बैंक

काठमाडौं । ग्लोबल मनि विकको अवसर पारेर कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थी संग …

प्रतिकृया दिनुहॊस