राज्यले सहजीकरण गरे निजी क्षेत्रमार्फत् द्रुत आर्थिक विकास सम्भव छ : ढकाल

उदयपुर । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले सहजीकरण गरे निजी क्षेत्रमार्फत् छोटो समयमा धेरै विकास गर्न सम्भव भएको बताएका छन् ।

उदयपुर उद्योग वाणिज्य संघको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा बोल्दै ढकालले तीनवटै तहका सरकारले लगानीमैत्री वातावरण बनाए मुलुकको विकास सम्भव रहेको बताए । ‘यदि राज्यले लगानीको वातावरण निर्माण गरी निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण मात्र गरिदिने होे भने विकास गर्न समय लाग्दैन,’ ढकालले भने ।राज्यले लगानीको वातावरण बनाउन सक्यो भने त्यहाँबाट हुने रोजगारी सृजना, कर तथा राजश्व संकलन तथा अन्य भौतिक पूर्वाधारको निर्माणबाट पर्याप्त फाइदा लिन सकिने उनको भनाइ छ । निजी क्षेत्रलाई राज्य तथा यसका निकायहरूबाट हेर्ने परम्परागत दृष्टिकोणले समस्या पारेको बताउँदै उनले निजी क्षेत्र व्यावसायिक मात्र भएको भन्ने सोचाइ परिवर्तन गर्नुपर्ने बताए ।

देशभित्रै रोजगारी सृजना गर्न र बढीभन्दा बढी राजश्व संकलनका लागि तीनतहको सरकारको तर्फबाट व्यवसाय र व्यवसायीलाई सहजीकरण गर्नुपर्ने उनको भनाई छ । रोजगारी र राजश्वको पहिलो लाभग्राही स्थानीयतहहरु भएकोले स्थानीय तहले लगानीमैत्री वातावरण बनाउन विशेष पहल गर्नुपर्ने ढकालले बताए । ‘मुलुकभित्र रोजगारी सृजना गर्ने, राजश्व उठाउन सहयोग गर्ने जुनसुकै असल व्यवसायलाई सबै तहका सरकारहरुले सहजीकरण गर्नुपर्छ,’ उनले भने, ‘यसको प्रत्यक्ष र पहिलो लाभग्राहीको हिसाबले पनि स्थानीय सरकारहरुको भूमिका अहम् रहन्छ ।’ग्लोबल आइएमई बैंकका अध्यक्ष समेत रहेका ढकालले स्थानीयको माग बमोजिम केही समयभित्रै ग्लोबल आइएमई बैंकको शाखा उदयपुरको कटारीमा पनि खोल्ने प्रतिबद्धता व्यक्त गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्। …

प्रतिकृया दिनुहॊस