हाम्रो समर्थन नेकपाको कुनै पक्षलाई छैन : महामन्त्री कोइराला

मकवानपुर । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफ्नो पार्टीले नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्नेबारे धारणा नबनाइसकेको बताएका छन् ।

हेटौंडामा शनिबार आयोजित एक कार्यक्रममा उनले कांग्रेस अहिले कसैको पक्षमा नरहेको स्पष्ट पारे । उनले भने, “हामी केपी ओलीको पक्षमा पनि छैनौँ, प्रचण्ड-माधव नेपाल पक्षमा पनि छैनौँ । कांग्रेसले संसद्‌मा हुने प्रतिनिधित्वका आधारमा आफ्नो रणनीति बनाएर अघि बढ्छ ।”

महामन्त्री कोइरालाले कम्युनिस्टसँग सहकार्य गर्न कांग्रेसले रणनीति तय गर्ने पनि बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताएका …

प्रतिकृया दिनुहॊस