नेपाल अति कम विकसितबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस

काठमाडौँ । नेपाल पाँच वर्षपछि सन् २०२६ मा विकासशील राष्ट्रको सूचीमा उक्लिने भएको छ । नेपाललाई अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि संयुक्त राष्ट्र संघको कमिटी फर डेभलपमेन्ट पोलिसी (सीडीपी)ले सिफारिस गरेको हो ।

सामान्यतयाः स्तरोन्नति तयारीका लागि ३ वर्षको अवधि दिइने भएपनि नेपालले ५ वर्षको अवधि पाएको छ । सीडीपीले ३-३ वर्षमा गर्दै आएको मूल्यांकन यही फ्रेब्रुअरी २२ देखि २६ सम्म चलेको थियो । नेपालले आयको स्तरबाहेक अन्य दुई मापदण्डमा यसअघिका दुईओटा समीक्षादेखि नै मापदण्ड पूरा गरिसकेको उल्लेख गर्दै स्तरोन्नति हुन सुझाएको हो । प्रतिव्यक्ति आय, मानव सम्पत्ति सूचकांक र आर्थिक जोखिम सूचकांकमध्ये नेपालले पछिल्लो दुई मापदण्ड पूरा गरेर स्तरोन्नतिका लागि योग्य भएको हो ।

सीडीपीको सिफारिसपछि राष्ट्रसंघीय आर्थिक एवं सामाजिक परिषद् (इकोसोक) र राष्ट्रसंघको महासभाले स्वीकार गरेर अन्तिम निर्णय गरेपछि नेपाल विकासशील देश बन्ने औपचारिक ढोका खुल्नेछ । यद्यपि, औपचारिक रूपमा विकासशील देशको सूचीमा उक्लिन तीन वर्षपछि सन् २०२४ मा हुने सीडीपीको अर्को समीक्षामा तोकिएको मापदण्डमा समेत नेपाल उत्तीर्ण हुनुपर्नेछ ।

संयुक्त राष्ट्रसंघीय निकायको नीतिअनुसार, हरेक तीन वर्षमा हुने समीक्षामा लगातार दुई पटक तोकिएका मापदण्डमा सफल देश मात्र विकासशील देशमा उक्लिन्छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालशिक्षा माध्यमिक विद्यालय प्युठानको पूर्वविद्यार्थी समाजको अध्यक्षमा भट्टराई सर्वसम्मत

काठमाडौं । बालशिक्षा माध्यमिक विद्यालय मच्छी प्युठान पूर्वविद्यार्थी समाजको अध्यक्ष जीवराज भट्टराई सर्वसम्मत चयन भएका …

प्रतिकृया दिनुहॊस